
काठमाडौँ- पद्मश्री साहित्य पुरस्कारका लागि पहिलो चरणको विस्तारित सूची सार्वजनिक गरिएको छ।
खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले १५ वटा कृतिको सूची प्रकाशित गरेको हो। यही सूचीबाट अब छनोट समितिले आगामी महिना पाँचवटा पुस्तकको उत्कृष्ट संक्षिप्त सूची चयन गर्ने प्रतिष्ठानले जनाएको छ।
नेपाली साहित्यमा प्रकाशित उत्कृष्ट कृतिलाई हरेक वर्ष पद्मश्री साहित्य पुरस्कार प्रदान गरिंदै आएको छ।
२०८१ सालमा प्रकाशित २०३ वटा साहित्यिक पुस्तक प्रतिष्ठानमा प्राप्त भएकामा तीमध्ये पुरस्कार चयन समितिले पहिलो चरणमा पन्ध्र पुस्तकको विस्तारित सूची प्रतिष्ठानलाई उपलब्ध गराएको समितिका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए।
प्रकाशित: १५ असार २०८२ ८:११
प्रतिक्रिया