एसईई नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चरणमा

हिमाल प्रेस १३ असार २०८२ ८:००
54
SHARES
एसईई नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चरणमा कपिलवस्तुको एक उत्तरपुस्तिका परीक्षण केन्द्रमा एसईईको उत्तरपुस्तिका परीक्षण गर्दै शिक्षकहरू।

काठमाडौँ- माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक डा.गणेश भट्टराईले नतिजा तयार गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए।

उनका अनुसार नतिजा प्रकाशित गर्ने निर्णय भने बोर्डको बैठकबाट मात्र हुने भएकाले त्यसका लागि आज बैठक बस्ने तयारी गरिएको छ। ‘नतिजाको तयारी अन्तिम चरणमा पुगेको छ,’ भट्टराईले भने।

एसईई २०८१ सालको चैत ७ गतेदेखि सञ्चालन गरिएको थियो। नियमित ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धि तर्फ ६७ हजार ७१५ जना गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।

प्रकाशित: १३ असार २०८२ ८:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast