‘देशभरका विद्यालयमा योग शिक्षा पुर्‍याउनुपर्छ’

हिमाल प्रेस १२ असार २०८२ १२:१२ | Thursday, June 26, 2025
‘देशभरका विद्यालयमा योग शिक्षा पुर्‍याउनुपर्छ’

भक्तपुर- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले देशभरका विद्यालयमा योग शिक्षा पुर्‍याउनुपर्ने बताएका छन्।

आज भक्तपुरको सानोथिमिस्थित आदर्श माध्यमिक विद्यालयमा आयोजित ‘विद्यालय योग शिक्षा’ एवं ‘विद्यालय शिक्षक केन्द्रीय योग उत्प्रेरक’ तालिमको उद्घाटन गर्दै उनले योग स्वास्थ्यका दृष्टिकोणले प्रभावकारी विधि भएकाले विद्यालय तहसम्म योग शिक्षा पुर्‍याउनुपर्ने बताए।

शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्री, भक्तपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलगायतले योगलाई विद्यालय केन्द्रित बनाएर अगाडि लैजानुपर्नेमा जोड दिए।

योग प्रशिक्षणमा सामुदायिक सबै विद्यालयलाई कार्यक्रममा नसमेटिएको, शिक्षा विकास तथा समन्वय इकाइ भक्तपुरले विद्यालयमा विभेद गरेको, संस्थागत विद्यालयका छाता सङ्गठन एवं विद्यालयलाई सहभागिता नगराइएको, बजेटको दुरुपयोग गरेकोलगायत कारण देखाउँदै संस्थागत विद्यालयका सञ्चालकले असन्तुष्ट व्यक्त गरेका थिए।

प्रकाशित: १२ असार २०८२ १२:१२ | Thursday, June 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast