नवराज बोहोराले भेटे प्रचण्ड

हिमाल प्रेस ९ असार २०८२ १०:१९
8
SHARES
नवराज बोहोराले भेटे प्रचण्ड

काठमाडौँ- सुर्खेतदेखि पैदल यात्रा गरी काठमाडौँ आइपुगेका नवराज बोहोराले नेकपा माओवादी केन्द्र का अध्यक्ष प्रचण्डसँग भेट गरेका छन्।

वातावरण संरक्षण, कर्णालीको समग्र विकास, अनियमितता तथा भ्रष्टाचारविरुद्ध खबरदारी गर्दै सुशासन स्थापनाको अभियानमा लागेका बोहोराले सोमबार बिहान प्रचण्डसँग भेट गरेका हुन्।

सो क्रममा अध्यक्ष प्रचण्डले बोहोराको अभियान माओवादी केन्द्रको अभियानसँग मेल खाने उल्लेख गर्दै, आफू सरकारले रहँदा कर्णालीको समृद्धिका लागि गरेका पहलहरूले त्यसको प्रमाण भएको स्पष्ट पारेका थिए।

प्रचण्डले बोहोराको अभियानलाई साथ दिने प्रतिबद्धता व्यक्त गर्नुका साथै अभियान निरन्तर जारी राख्न शुभकामना पनि दिएको प्रचण्डको सचिवालयले जनाएको छ।

प्रकाशित: ९ असार २०८२ १०:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast