दरबन्दी व्यवस्थापन गर्न रेडियालोजिकल सोसाइटीको माग

हिमाल प्रेस ४ असार २०८२ १५:४९ | Wednesday, June 18, 2025
दरबन्दी व्यवस्थापन गर्न रेडियालोजिकल सोसाइटीको माग

काठमाडौँ– नेपाल रेडियोलोजिकल सोसाइटीले रेडियोग्राफी सेवाको संरचना सुदृढीकरण, व्यवसायीक सुरक्षा तथा दरबन्दी व्यवस्थापनको माग गर्दै स्वास्थ्य मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ।

स्वास्थ्य सेवा प्रणालीमा रेडियोलोजी सेवा महत्वपूर्ण भए पनि यस क्षेत्रलाई उपेक्षा हुँदै आएको भन्दै सोसाइटीले मन्त्रालयमा ज्ञापन पत्र बुझाएको हो।

उनीहरुले रेडियोग्राफी सेवार्फत हाल कायम सरकारी दरबन्दी अन्यन्त न्यून रहेकाले एउटै रेडियोग्राफरले २४ घण्टासम्म निरन्तर सेवा दिन बाध्य भएको सोसाइटीका अध्यक्ष मुकेशकुमार झाले बताए।

रेडियोग्राफी सेवाका लागि छुट्टै नियमनकारी निकाय वा संरचनाको स्थापना गर्नुपर्ने लगायतका आफूहरुको माग रहेको उनले बताए।

आफूहरुको माग पूरा नभए सुरुमा कालोपट्टी बाँधेर काम गर्ने र त्यसपछि पनि सुनुवाई नभए आकस्मीक बाहेकका सवै सेवा ठप्प पार्ने उनीहरुले चेतावनी दिएका छन्।

प्रकाशित: ४ असार २०८२ १५:४९ | Wednesday, June 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast