प्रधानमन्त्री ओली स्पेन जाँदै, प्रतिनिधिमण्डल गठन गर्ने सरकारको निर्णय

हिमाल प्रेस ४ असार २०८२ १४:५३ | Wednesday, June 18, 2025
प्रधानमन्त्री ओली स्पेन जाँदै, प्रतिनिधिमण्डल गठन गर्ने सरकारको निर्णय प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ– सरकारले असार १६ गतेदेखि हुने प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेनको औपचारिक भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ।

बुधबार सिंहदरबारमा असार २ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले असार १६ गतेदेखि २१ गतेसम्म प्रधानमन्त्रीको नेतृत्वमा स्पेनको औपचारिक भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय भएको जानकारी दिए ।प्रधानमन्त्रीको नेतृत्वमा २१ सदस्यीय प्रतिनिधिमण्डल स्पेन जाने उनले बताए।

मन्त्रिपरिषद्ले पुल सुधार तथा मर्मत कार्यक्रम तेश्रो चरणका लागि विश्व बैंकबाट प्राप्त हुने करिव २० अर्ब ७९ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ।

त्यस्तै दक्षिण कोरिया सरकारबाट बर्दिया जिल्लामा सञ्चालन हुने समावेशी ग्रामीण विकास परियोजनाका लागि प्राप्त हुने करिब १ अर्व ८ करोड ८० लाख नेपाली रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने र विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थासँग रणनीतिक सडक सञ्जाल तथा व्यापारिक मार्ग सुधार आयोजनाका लागि करिब २९ अर्ब ७२ करोड नेपाली रुपैया बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको प्रवक्त गुरुङले बताए।

बैठकले सत्यनिरुपण तथा मेलमिलाप आयोगका सचिव पाराश्वर ढुङ्गानालाई कानून मन्त्रालयको सचिव पदमा सरुवा गर्ने निर्णय गरेको उनले जानकारी दिए।

प्रवक्ता गुरुङले निजामति विधेयकलाई रोक्नुपर्ने कुनै कारण नभएको भन्दै प्रतिनिधिसभामा पेस भएर छलफल भएपछि पारित हुने बताए। विधेयक रोक्न सरकारलाई कर्मचारीले दबाब दिएको भन्ने हल्लामा सत्यता नरहेको उनले उल्लेख गरे।

प्रवक्ता गुरुङले सरकारी सञ्चारमाध्यमलाई समावेशी बनाउँदै लैजाने सरकारको नीति रहेको बताए।

प्रकाशित: ४ असार २०८२ १४:५३ | Wednesday, June 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast