डिस्चार्ज भइन् गायिका रचना

हिमाल प्रेस १ असार २०८२ १३:१८ | Sunday, June 15, 2025
डिस्चार्ज भइन् गायिका रचना

काठमाडौँ- गायिका रचना रिमाल अस्पतालबाट डिस्चार्ज भएकी छन्। गत साता मंगलबार काठमाडौँको ह्याम्स अस्पतालमा भर्ना भएकी रचना शनिबार राति डिस्चार्ज भएकी हुन्।

आन्द्रामा संक्रमण देखिएपछि उनी केही दिन अस्पतालमै थिइन्। स्वास्थ्यमा सुधार भएसँगै उनलाई चिकित्सकले डिस्चार्ज गरेका हुन्।

उनलाई भेट्न संगीतकर्मी बद्री पंगेनी, शान्तिश्री परियार, एलिना चौहान, मेलिना मैनाली, श्रीधर अधिकारी,  कलाकार भरतमणि पौडेल लगायत कलाकारहरू अस्पतालमा पुगेका थिए।

सांगीतिक कार्यक्रमका लागि रूकुम पश्चिम पुगेकी उनको अकस्मात पेट दुख्ने समस्यापछि त्यही दिन उनलाई हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो।

प्रकाशित: १ असार २०८२ १३:१८ | Sunday, June 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast