भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ६५ जनाको मृत्यु

हिमाल प्रेस २६ जेठ २०८२ १२:१९
18
SHARES
भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ६५ जनाको मृत्यु फाइल तस्बिर।

काठमाडौँ- भारतमा कोभिड-१९ (कोरोना भाइरस) संक्रमितको संख्या ६ हजार ४९१ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्रै कोभिड-१९ का ३५८ नयाँ संक्रमित फेला परेको भारत सरकारको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको वेबसाइटमा उल्लेख छ। जनवरी १ यता देशभर कोभिड-१९ का कारण ६५ जनाको मृत्यु भइसकेको छ।

कोभिड–१९ का कारण सबैभन्दा धेरै १८ जनाको मृत्यु महाराष्ट्रमा र १५ जनाको मृत्यु केरलमा भएको छ। राजधानी दिल्लीमा सातजनाको मृत्यु भएको छ। यद्यपि पछिल्लो २४ घण्टामा भने कोभिडका कारण कसैको मृत्यु भएको छैन।

सक्रिय संक्रमितको सर्वाधिक संख्या भएको राज्य

केरल : १,९५७ जना

गुजरात : ९८० जना

दिल्ली : ७२८ जना

महाराष्ट्र : ६०७ जना

पश्चिम बंगाल : ७४७ जना

उत्तर प्रदेश : २२५ जना

 

प्रकाशित: २६ जेठ २०८२ १२:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast