नर्भिकमा कलेजोसम्बन्धी निःशुल्क ओपीडी

हिमाल प्रेस २८ पुष २०७९ १६:१२ | Thursday, January 12, 2023
नर्भिकमा कलेजोसम्बन्धी निःशुल्क ओपीडी

काठमाडौँ- नर्भिक इन्टरनेशनल हस्पिटलले आगामी शनिबार अर्थात् पुस ३० गते कलेजोसम्बन्धी निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ। नर्भिकले हरेक शनिबार आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘निःशुल्क ओपीडी अभियान’ सञ्चालन गर्दै आएको छ।

यही अभियानअन्तर्गत आउने शनिबार निःशुल्क ओपीडीसँगै निःशुल्क परामर्श सेवा दिइने अस्पतालले जनाएको छ। बिहान १० बजेदेखि १२ बजेसम्म वरिष्ठ कलेजो रोग विशेषज्ञ तथा शल्यचिकित्सक डा. परदेज सापकोटा नेतृत्वको टिमले ओपीडी सेवा चलाउनेछ।

नर्भिकले अघिल्ला केही साता युरोलोजीसँग सम्बन्धित ओपीडी सेवा चलाएको थियो।

प्रकाशित: २८ पुष २०७९ १६:१२ | Thursday, January 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast