ग्वार्कोको फ्लाइओभरमा गाडी सञ्चालन यसै महिना

हिमाल प्रेस ११ जेठ २०८२ १३:२१
8
SHARES
ग्वार्कोको फ्लाइओभरमा गाडी सञ्चालन यसै महिना ललितपुरस्थित ग्वार्कोमा निर्माणाधीन फ्लाइओभर।

काठमाडौँ- ललितपुरस्थित ग्वार्काेचोकको फ्लाइओभरमा गाडी सञ्चालन हुने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले जेठको अन्तिमदेखि सबै काम सम्पन्न गरेर फ्लाइओभरमा गाडी सञ्चालन हुने बताएका हुन्।

मन्त्री दाहालले आइतबार फ्लाइओभरको स्थलगत निरीक्षण गर्दै जेठको अन्तिमसम्म सबै काम सम्पन्न हुने बताए। उनले भने, ‘प्राविधिक समस्याका कारण तोकिएको समयमा नै काम सम्पन्न हुन नसकेको हो। अब फ्लाइओभर निर्माण समयमा नै सम्पन्न हुनेछ।’

दाहालले फ्लाइओभर सञ्चालन भएपछि सो क्षेत्रको जाम अन्त्य हुने बताए। अहिले फ्लाइओभरको बीचमा माटो भरेर एकातिर कालोपत्रे भइसकेको छ भने अर्को तर्फपछि कालोपत्रे गर्ने तयारी भइरहेको छ। कालोपत्रे गर्ने काम सम्पन्न गरेपछि सवारी आवागमन खुला गरिने मन्त्री दाहालको भनाइ छ।

सडक विभागले ईपीसी मोडलमा फ्लाइओभर निर्माण गर्ने गरी २०७८ माघमा आरसी, समानान्तर र रेलिग्रे जेभीसँग ठेक्का सम्झौता गरेको थियो। समयमा नै निर्माण सम्पन्न नभएपछि पटकपटक थप गरेर दिएको अन्तिम म्याद गत पुस ८ गते नै सकिसकेको छ। म्याद सकिएपछि निर्माण कम्पनीले निरन्तर काम गर्दै आएको छ।

प्रकाशित: ११ जेठ २०८२ १३:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast