१० तस्बिरमा ऐतिहासिक मकवानपुरगढी

हिमाल प्रेस ९ जेठ २०८२ ८:३६ | Friday, May 23, 2025
१० तस्बिरमा ऐतिहासिक मकवानपुरगढी

काठमाडौँ- मकवानपुरको ऐतिहासिक र सांस्कृतिक सम्पदामा प्रमुख स्थान ओगटेको मकवानपुरगढी एक ऐतिहासिक दुर्ग हो। गढीले नेपाल एकीकरणको प्रारम्भिक इतिहास बोकेको छ। यो गढी गोरखा राज्यका राजा पृथ्वीनारायण शाहले विजय गरी नेपालको एकीकरण अभियानलाई अघि बढाएको महत्त्वपूर्ण स्थल हो।

गढीमा पुराना तोप, प्राचीन दरबारको भग्नावशेष, सुरक्षात्मक पर्खाल र ऐतिहासिक आडभित्ताहरू अझै देख्न सकिन्छ। यो गढी तत्कालीन मकवानपुर राज्यको राजधानीसमेत थियो।

इतिहासप्रेमी, पर्यटक र अनुसन्धानकर्ताका लागि मकवानपुरगढी आकर्षणको केन्द्र बनेको छ। यहाँबाट देखिने प्राकृतिक दृश्य र शान्त वातावरणले यो स्थानलाई साँस्कृतिक सम्पदा मात्र नभई पर्यटकीय गन्तव्यका रूपमा पनि स्थापित गरेको छ।

संरक्षणको अभाव, विस्तार हुँदै गएको वन क्षेत्र र पर्याप्त प्रचारप्रसारको कमीले गढीको ऐतिहासिक महत्त्व ओझेलमा पर्न थालेको भए पनि स्थानीय तह तथा प्रदेश सरकार यसको पुनःजीवनका लागि सक्रिय छन्।

तस्बिरहरू

सबै तस्बिर रासस

प्रकाशित: ९ जेठ २०८२ ८:३६ | Friday, May 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast