वैदेशिक व्यापार बढ्यो

हिमाल प्रेस ७ जेठ २०८२ १७:२२ | Wednesday, May 21, 2025
वैदेशिक व्यापार बढ्यो वीरगन्ज भन्सार। फाइल तस्बिर

काठमाडौँ– चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा नेपालको वैदेशिक व्यापार उल्लेख्य रूपमा बढेको छ। यस अवधिमा निर्यातमा ७२.७१ प्रतिशत वृद्धि भएको भन्सार विभागको तथ्यांक छ।
विभागको तथ्यांकअनुसार १० महिनामा २ खर्ब १७ अर्ब ९१ करोडको वस्तु निर्यात भएको छ।

२०८२ सालको जेठ मसान्तसम्ममा नेपालले २१७.९१ अर्ब रुपैयाँ बराबरका वस्तु निर्यात गरेको छ।

साउनदेखि वैशाखसम्म निर्यात व्यापार ७३ प्रतिशतले बढेको छ। यो रकम गत आर्थिक वर्षको सोही अवधिको भन्दा ७२.७१ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको १० महिनामा १ खर्ब २६ अर्ब १७ करोडको वस्तु निर्यात भएको थियो।

आयातमा पनि १३.११ प्रतिशतले वृद्धि भई यस अवधिमा १४ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको पहिलो १० महिनामा १३ खर्ब ३ अर्ब ३५ करोडको वस्तु आयात भएको थियो।

यस अवधिमा चालु आर्थिक वर्षको १० महिनामा मुलुकको व्यापार घाटा १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको सोही अवधिको भन्दा ६.७२ प्रतिशतले बढी हो। आर्थिक वर्ष २०८०/८१ को १० महिनामा व्यापार घाटा ११ खर्ब ७७ अर्ब १८ करोड रुपैयाँ थियो।

प्रकाशित: ७ जेठ २०८२ १७:२२ | Wednesday, May 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast