सरकार निराशालाई आशामा परिणत गर्न अग्रसर छ : प्रमुख सचेतक बर्तौला

हिमाल प्रेस ५ जेठ २०८२ १२:२९
18
SHARES
सरकार निराशालाई आशामा परिणत गर्न अग्रसर छ : प्रमुख सचेतक बर्तौला महेश बर्तौला

काठमाडौँ- नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकार निराशालाई आशामा परिणत गर्न अग्रसर रहेको बताएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संसद्‌मार्फत निराशा फैलाउने प्रयासप्रति आपत्ति जनाए। ‘संसद्को तेजोवध गर्ने गरी संसद् नीरस रहेको भन्ने अभिव्यक्ति आएको छ,’ उनले भने, ‘यो संसद्को अपमान हो।’

बर्तौलाले नागरिकको भरोसा टुटाउने गरी प्रायोजित रूपमा यस्ता अभिव्यक्ति दिइएको आरोप पनि लगाए। दुई दलको सरकार काम गर्न नसकेको भन्ने आरोपको खण्डन गर्दै उनले विपक्षीहरूले जनतालाई भ्रममा पार्न खोजेको टिप्पणी गरे।

‘जादुगरले कागजको पत्ताबाट हजारको नोट निकाल्छ तर त्यो सत्य होइन, केवल भ्रम हो,’ उनले भने, ‘संसद्‌मा पनि यस्ता जादुवाला अभिव्यक्तिहरू आइरहेका छन्,जुन क्षणिक छन्।’

उनको भनाइमा सत्तामा नभएका व्यक्तिहरूले आफू सत्तामा भए जादुगरी जसरी परिवर्तन ल्याइहाल्थे भन्ने प्रकारको भ्रम फैलाइरहेका छन्। उनले यस्ता प्रवृत्तिबाट जनता झुक्कन नहुने उल्लेख गरे।

प्रकाशित: ५ जेठ २०८२ १२:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast