भारतले पनि वातावरणीय संकटको सामना गरिरहेको छ : भारतीय वनमन्त्री यादव

हिमाल प्रेस २ जेठ २०८२ १४:०४ | Friday, May 16, 2025
भारतले पनि वातावरणीय संकटको सामना गरिरहेको छ : भारतीय वनमन्त्री यादव

काठमाडौँ-  भारतका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भुपेन्द्र यादवले हिमाली क्षेत्रमा वातावरणीय संकटको ठूलो भार रहेको बताएका छन्।  शुक्रबारदेखि काठमाडौँमा सुरू भएको ‘सगरमाथा संवाद’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

मन्त्री यादवले महत्वपूर्ण हिमाली भूभाग रहेको भारतमा पनि आफूहरूले वातावरणीय संकटका प्रभावहरूको प्रत्यक्ष सामना गरिरहेको उल्लेख गरे।

उनले हिमाली राज्यहरूमा देखिएका वातावरणीय संकट र त्यहाँका जनताको चिन्ताप्रति भारत सरकार गम्भीर रहेको जिकिर गरे। वातावरणीय भविष्य अभूतपूर्व तवरबाट जोडिएको बताउँदै मन्त्री यादवले वातावरणीय संकट समाधान गर्न सबै मुलुक एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिए।

वातावरणीय संकट समाधानका लागि प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारत जलवायु परिवर्तनको काममा योगदान पुर्‍याउन प्रतिबद्ध रहेको उनले बताए।

‘सगरमाथा संवाद’ मा भाग लिन मन्त्री यादव बिहीबार नेपाल आइपुगेका हुन्।

दुईदिने भ्रमणका क्रममा सगरमाथा संवादमार्फत आफूले हिमालयलाई जलवायु परिवर्तनबाट जोगाउन र पारिस्थितिक प्रणाली तथा यसमा निर्भर समुदायहरूको भविष्यको संरक्षण गर्न भारतको दृष्टिकोण प्रस्तुत गर्ने मन्त्री यादवले बताएका छन्।

प्रकाशित: २ जेठ २०८२ १४:०४ | Friday, May 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast