
काठमाडौँ- १९ वर्षमुनिको साफ च्याम्पियनसिप प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ। यसअघि नै प्रतियोगिताको सेमिफाइनल पुगिसकेको दुई टोलीबीचको हिजो भएको समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग ४-० गोल अन्तरले पराजित भएको हो । जीतसँगै भारत समूह विजेता बनेको छ । नेपाल उप विजेतामै सीमित रह्यो।
आयोजक भारतले यसअघि श्रीलंकालाई ८-० ले हराएको थियो। नेपालले पनि श्रीलंकालाई ५-० ले हराएको थियो। अब सेमिफाइनलमा शुक्रवार भारतले समूह ‘ए’ को उपविजेता माल्दिभ्ससँग र नेपालले समूह ‘ए’ को विजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।
नेपालले सन् २०१५ मा भएको पहिलो संस्करण र २०१७ को यू १८ उमेर समूहको संस्करण जितेको थियो । पछिल्लो पटक भने नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो ।
प्रकाशित: ३१ वैशाख २०८२ ६:५८
प्रतिक्रिया