यस्ता छन् कार्यसम्पादन मूल्यांकनमा शिक्षकहरूले गर्ने त्रुटिहरू

हिमाल प्रेस ३० वैशाख २०८२ १६:३४
868
SHARES
यस्ता छन् कार्यसम्पादन मूल्यांकनमा शिक्षकहरूले गर्ने त्रुटिहरू

काठमाडौँ- शिक्षक सेवा आयोगले शिक्षकको कार्यसम्पादन मूल्यांकन प्रक्रियालाई एकरूप, विश्वसनीय र गुणस्तरीय बनाउन ‘शिक्षक कार्यसम्पादन मूल्यांकन सहजीकरण पुस्तिका, २०८२’ सार्वजनिक गरेको छ।

पुस्तिकाले शिक्षकको बढुवामा प्रयोग हुने ७५ प्रतिशत मूल्यांकन प्रणालीलाई व्यवस्थित गर्न, फाराम भर्ने, प्रमाणित गर्ने, अंक निर्धारण गर्ने र पुनरावलोकन प्रक्रियासम्मका सबै चरणलाई स्पष्ट मार्गदर्शन गर्ने उद्देश्य राखेको छ।

शिक्षकको कार्यसम्पादन मूल्यांकन फारममा विवरण लेख्दा, सुपरीवेक्षक र पुनरावलोकन समितिले मूल्यांकन गरी अंक प्रदान गर्दा र आवश्यक कागजात संलग्न गर्दा विशेष ध्यान पुऱ्याउनु पर्ने बताइएको छ। यसक्रममा जानी नजानी धेरै किसिमका गल्ती/त्रुटि हुने गरेको आयोगको भनाइ छ।

कार्यसम्पादन मूल्यांकन फारममा संलग्न गर्नुपर्ने कागजात र मूल्यांकन गर्दाबाट हुने असावधानीका कारण बढुवा हुने सम्भाव्य शिक्षक नआई सोभन्दा कम योग्यता सूचीको व्यक्ति बढुवा हुने परिस्थिति बन्न सक्ने उल्लेख गर्दै आयोगले हालसम्म हुने गरेका मुख्य त्रुटिहरूलाई उदाहरणको रूपमा प्रस्तुत गरेको छ।

शिक्षकले गर्ने त्रुटिहरू

-तोकिएको ढाँचा र रंगको कार्यसम्पादन मूल्यांकन फाराम प्रयोग नगर्ने।

-फाराममा तोकिएका सबै विवरणहरू पूर्णरूपमा नभर्ने।

-शिक्षकले आफ्नो नाममात्र लेखी कार्यसम्पादन मूल्यांकन फाराम दर्ता गराउने गरेको।

-फाराममा सम्बन्धित शिक्षकको दस्तखत र मिति भनिएको ठाउँमा दस्तखत नगर्ने र मिति उल्लेख नगर्ने।

-मिति उल्लेख भएपनि तोकिएको समय (वैशाख १ देखि ३० गते) भन्दा फरक हुने।

-फारामसाथ कार्यमूलक अनुसन्धानको प्रमाणित (प्रधानाध्यापकबाट) प्रतिवेदन संलग्न नगर्ने।

-तोकिएको समय अर्थात शैक्षिक सत्र प्रारम्भ भएको ३० दिनभन्दा (वैशाख १ देखि ३० गते) पछि विद्यालयमा कार्यसम्पादन मूल्यांकन फाराम दर्ता गराउने।

-वैशाख १ गतेभन्दा अगाडि र वैशाख ३० गतेपछि दर्ता गर्ने।

-विद्यालयको नियमित मूल दर्तामा फाराम दर्ता नगराई छुट्टै रजिष्टरमा दर्ता गराउने।

-फाराममा दर्ता नं र मिति केरमेट गर्ने।

-फाराममा दर्ता नं र मिति नै उल्लेख नगर्ने।

-अध्यापन गरेको विषयमा विद्यार्थीले प्राप्त गरेको उपलब्धि राख्दा तथ्यमा आधारित भएर नराख्ने।

-विद्यालयमा फाराम दर्ता गरेपछि विद्यालय प्रशासनबाट दर्ता निस्सा नलिने।

-शिक्षकले आफूले अध्यापन गरेको विद्यार्थीले प्राप्त गरेको परीक्षाफल अनुरूप गणना भएको छ भनी दस्तखत गर्नुपर्ने ठाउँमा स्वयं शिक्षकले नै दस्तखत नगर्ने र दस्तखत गरे पनि मिति उल्लेख नगर्ने।

-शिक्षकले आफ्नो संकेत नं स्पस्ट नलेख्नु र मूल्यांकन अवधि उल्लेख नगर्ने।

-दर्ता मितिभन्दा पछाडि शिक्षकको दस्तखत मिति रहने गरेको।

-कार्यसम्पादन मूल्यांकन फाराममा उल्लिखित दर्ता र मिति पछि आवेदन फाराममा उल्लिखित दर्ता नम्बर र मितिसँग नमिल्ने।

-संके‍त नं मा विद्यालको कोड नम्बर राख्ने, कर्मचारी संचयकोष राख्ने।

-सुपरीवेक्षकले दिने अंक शिक्षकले आफैँले दिने आदि।

प्रकाशित: ३० वैशाख २०८२ १६:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast