फेरि हार्‍यो म्यानचेस्टर युनाइटेड, १६ औँ स्थानमा झर्‍यो

हिमाल प्रेस २९ वैशाख २०८२ ७:४१ | Monday, May 12, 2025
फेरि हार्‍यो म्यानचेस्टर युनाइटेड, १६ औँ स्थानमा झर्‍यो

काठमाडौँ- म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा आइतबार घरेलु मैदानमै वेस्ट ह्याम युनाइटेडसँग २-० ले पराजित भएको छ । जितसँगै ३६ खेलमा ४० अंक जोडेको वेस्टह्याम १५औं स्थानमा उक्लिएको छ। हार बेहोरेको म्यानचेस्टर युनाइटेड समान खेलबाट ३९ अंकका साथ १६औं स्थानमा झरेको छ।

ओल्ड ट्राफोर्डमा पाहुना टोली वेस्टह्यामलाई जित दिलाउन टोमास सौचेक र जारोड बोवेनले गोल गरे। खेलको २६औं मिनेटमा सौचेकको गोलमार्फत वेटह्यामले अग्रता लिएको थियो। उनले मोहम्मद कुडुसलेको क्रसलाई गोलमा परिणत गरे।

बोवेनले ५७औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए। आरोन वान बिसाकाले बायाँ साइटबाट गरेको क्रसलाई बोवेनले सहजै जाली चुमाए। लिगमा आइतबारै सम्पन्न अन्य खेलमा न्युक्यास युनाइटेडले चेल्सी तथा किस्टल प्यालेसले टोटनहमविरुद्ध समान २-० को जित निकाल्दा नटिङघम फरेस्ट र लेस्टर सिटीले २-२ को बराबरी खेले।

प्रकाशित: २९ वैशाख २०८२ ७:४१ | Monday, May 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast