
काठमाडौँ- भारत र पाकिस्तानबीच पछिल्लो समय बढेको तनावका सम्बन्धमा नेपालले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ। परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति निकालेर आफ्नो धारणा सार्वजनिक गरेको हो।
नेपालले सबै प्रकारका आतंकवादको विरोध गर्ने आफ्नो अडान दोहोर्याउँदै आतंकविरूद्धको विश्वव्यापी लडाइँमा सबैसँग मिलेर उभिने प्रतिबद्धता जनाएको छ।
नेपालको सैद्धान्तिक परराष्ट्र नीतिअनुसार छिमेकी राष्ट्रविरूद्ध कुनै पनि शत्रुतापूर्ण गतिविधिका लागि आफ्नो भूमि प्रयोग हुन नदिने परराष्ट्र मन्त्रालयले स्पष्ट पाररेको छ।
‘नेपालले कुनै पनि शत्रुतापूर्ण शक्तिलाई आफ्नो भूमि छिमेकी देशविरूद्ध प्रयोग गर्न दिने छैन,’ विज्ञप्तिमा उल्लेख छ।
भारत र पाकिस्तानबीच बढिरहेको सन्दर्भमा नेपालले संयमता र तनाव न्यूनीकरणको आह्वान गर्दै दीर्घकालीन शान्ति र स्थायित्वका लागि आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।
भारतको पहलगाममा २२ अप्रिलमा पर्यटकहरूमाथि भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति नेपाल चिन्ता व्यक्त गरेको छ। यो आक्रमणमा एक नेपालीसहित २६ जनाको ज्यान गएको थियो।
पहलगाम आक्रमणप्रति दुःख व्यक्त गरी भारतसँग ऐक्यबद्धता प्रकट गर्दै तत्काल र स्पष्ट रूपमा उक्त ‘क्रूर आतंकवादी आक्रमण’ को भत्र्सना गरेको परराष्ट्र मन्त्रालयले स्मरण गराएको छ।