काठमाडौँ आइपुग्यो ‘एकीकरण टर्च र्‍याली’

हिमाल प्रेस २६ पुष २०७९ १६:२४ | Tuesday, January 10, 2023
काठमाडौँ आइपुग्यो ‘एकीकरण टर्च र्‍याली’ तस्बिरः रासस

काठमाडौँ- नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै पदयात्रा सुरु गरेको नेपाली सेनाको ‘एकीकरण टर्च र्‍याली’ आज काठमाडौँ आइपुगेको छ।

गत बिहीबार गोरखाबाट हिँडेको ‘एकीकरण मार्ग पदयात्रा’ आज बिहान काठमाडौँ आइपुगेको हो। गोरखाबाट हिँडेको उक्त टोली धादिङको भर्‍याङ भुरुङ, नुवाकोट र ककनी हुँदै काठमाडौँ आइपुगेको हो।

काठमाडौँ आउने क्रममा तारकेश्वर वडा नं ३ ले पाँचमानेमा उक्त टोलीलाई बाजागाजासहित फूलमालाले स्वागत गरेको वडा अध्यक्ष पर्शुराम अर्यालले जानकारी दिए।

काठमाडौँ आइपुगेको उक्त र्‍याली आज हनुमानढोकामा पुग्ने नेपाली सेनाका कालीध्वज गण नागार्जुनका सेनानी सागर थापाले बताए। र्‍यालीमा सहभागी सैनिकहरू पृथ्वीनारायण शाहको समयमा उनको फौजले प्रयोग गरेको जस्तै पोसाक र हतियारमा सजिएका छन्।

सिंहदरबार परिसरमा रहेको पृथ्वीनारायण शाहको सालिकमा पुस २७ मा विशेष कार्यक्रम गरेर र्‍यालीको समापन गरिने कार्यतालिका रहेको नेपाली सेनाले जनाएको छ।

प्रकाशित: २६ पुष २०७९ १६:२४ | Tuesday, January 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast