एमबाप्पे नायक बन्दा सेल्टा भिगोसँग जित, घट्यो बार्सिलोनासँगको दूरी

हिमाल प्रेस २२ वैशाख २०८२ ६:३८
8
SHARES
एमबाप्पे नायक बन्दा सेल्टा भिगोसँग जित, घट्यो बार्सिलोनासँगको दूरी

काठमाडौँ- लालिगामा रियल मड्रिडले स्पेनिस ला लिगामा सेल्टा भिगोलाई ३-२ ले हराउँदा शीर्ष टोली बार्सिलोनासँग दूरी घटेको छ।

रियलको जितमा एमबाप्पेले दुई तथा अर्डा गुलरले एक गोल गरे। लालिगाको ३४ खेलबाट रियलले ७५ अंकमा अंक तालिकाको दोस्रो स्थानमा छ। समान खेलबाट ७९ अंक भएको बार्सिलोना शीर्ष स्थानमा छ।

पहिलो हाफको ३३ औँ मिनेटमा अर्डा गुलरको गोलमा रियलले सुरुवाती अग्रता बनाएको थियो। खेलको ३९ औँ मिनेटमा एमबाप्पेको गोलमा रियलले सेल्टा भिगोविरुद्ध अग्रता दोब्बर पारे।

एमबाप्पेले नै खेलको ४८ औँ मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दा रियलले ३-० को आरामदायी अग्रता बनाएको थियो।

खेलको ६९ औँ मिनेटमा जाभी रोड्रिगेजको गोलमा सेल्टा भिगोले रियलविरुद्ध अग्रता कम गरेको थियो। खेलको ७६ औँ मिनेटमा वैकल्पिक खेलाडी विलियट स्वेडबर्गले गोल गर्दै सेल्टा भिगोलाई ३-२ को स्थितीमा ल्याएका थिए।

प्रकाशित: २२ वैशाख २०८२ ६:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast