बार्सिलोना लालिगाको शीर्षमा

हिमाल प्रेस २१ वैशाख २०८२ ७:११
बार्सिलोना लालिगाको शीर्षमा

काठमाडौँ- बार्सिलोना स्पेनिस लालिगाको शीर्ष स्थानमा पुगेको छ। रियल भल्लाडोलिडलाई पराजित गर्दै बार्सिलोना शीर्षमा परेको हो। बार्सिलोनाको ३४ खेलबाट ७९ अंक छ भने ३३ खेलबाट रियल मड्रिडको ७२ अंक छ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल भल्लाडोलिडलाई २–१ गोल अन्तरले हराएको हो। जितसँगै बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसँगको अंक दुरी ७ अंकमा पुर्‍याएको छ।

खेलको छैटौँ मिनेटमा इभान सान्चेजको गोलमा रियल भल्लाडोलिडले सुरुवाती अग्रता बनाएको थियो। पहिलो हाफमा नै पछि परेको बार्सिलोनाले दोस्रो हाफमा पुनरागमन गर्दै जित निकालेको हो।

वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका राफिन्हा र फर्मिन लोपेजले गोल गर्दै बार्सिलोनालाई जित दिलाए। खेलको ५४ औँ मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काएका थिए। राफिन्हाले ला लिगाको जारी सिजन १६ औँ गोल गरेका हुन्।

६० औँ मिनेटमा लोपेजले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे। त्यसपछि खेलमा थप गोल हुन नसक्दा बार्साले जित हात पारेको हो।

प्रकाशित: २१ वैशाख २०८२ ७:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast