पहलगाम आक्रमण : भारत र पाकिस्तानसँग के चाहन्छ अमेरिका?

हिमाल प्रेस १८ वैशाख २०८२ १८:०७
24
SHARES
पहलगाम आक्रमण : भारत र पाकिस्तानसँग के चाहन्छ अमेरिका? पर्यटकहरूमाथि अन्धाधुन्ध गोली चलाइएको पहलगामस्थित घटनास्थलको निरीक्षण गर्दै भारतीय सुरक्षा अधिकारीहरू। मंगलबार भएको आक्रमणमा २६ जनाको पर्यटकको ज्यान गएको थियो। तस्बिर : एपी/रासस

काठमाडौँ- भारतको जम्मु-कस्मिरस्थित पहलगाममा पर्यटकमाथि भएको आतंकवादी आक्रमणको सन्दर्भमा अमेरिकाका परराष्ट्रमन्त्री मार्को रुयिबोले फोन गरेर भारत र पाकिस्तानसँग तनाव कम गर्न अपिल गरेका छन्। रुबियोले भारतीय परराष्ट्रमन्त्री एस जयशंकरसँग भारतले ‘तनाव कम गर्न पाकिस्तानसँग मिलेर’ काम गर्नुपर्ने बताए।

उनले पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफसँग पनि फोनमा कुराकानी गरेका छन्। सरिफसँगको कुराकानीमा रूबियोले ‘आतंकवादी आक्रमणको निन्दा गर्नुपर्ने र पाकिस्तानले छानबिनमा सहयोग गर्नुपर्ने’ बताए। पाकिस्तानले आतंकवादीलाई समर्थन गरिरहेको आरोप लगाउँदै भारतले कूटनीतिक सम्बन्ध कम गर्नुका साथै अन्य महत्त्वपूर्ण निर्णयहरूले लिएको छ। यद्यपि पाकिस्तानले भारतले लगाइरहेको आरोपलाई खारेज गरेको छ।

अफगानिस्तान छोडेपछि दक्षिण एसियातर्फ अमेरिकाको चासोमा कमी आएको र उसको परराष्ट्र नीतिको प्राथमिकतामा परिवर्तन आएको जानकारहरूको भनाइ छ। यतिबेला अमेरिका भन्सार शुल्क र चीनतर्फ बढी केन्द्रित रहेको बताइएको छ।

यसैबीच भारतले पछिल्लो समय पाकिस्तानी विमानका लागि आफ्नो हवाई क्षेत्र बन्द गर्ने निर्णय गरेको छ। यसअघि उसले सिन्धु जल सन्धि निलम्बन गर्ने निर्णय गरेको छ भने भारतमा रहेका पाकिस्तानी नागरिकलाई स्वदेश फर्किन निर्देशन दिएको छ। त्यस्तै अटारी सीमा बन्द गर्ने निर्णय पनि भारतले यसअघि गरेको छ।  २२ अप्रिलमा पहलगाममा भएको आतंकवादी आक्रमणपछि अमेरिकाको तर्फबाट उच्चस्तरमा एकै दिन भारत र पाकिस्तानसँग कुरा गरेको पहिलोपटक हो।

पाकिस्तानका प्रधानमन्त्री सरिफको कार्यालयले वक्तव्य निकालेर अमेरिकी परराष्ट्रमन्त्री रुबियाले कुराकानी गरेको विषयमा जानकारी दिएको छ। अमेरिकी परराष्ट्र मन्त्रालयका प्रवक्ता टैमी ब्रुसले कस्मिरको अवस्थालाई लिएर अमेरिका भारत र पाकिस्तानसँग कुरा गरिरहेको र थप तनाव नबढाउन अपिल गरहेको जनाएका छन्।

अमेरिकी परराष्ट्रमन्त्रीले एक दुई दिनपछि दुवै देशका परराष्ट्रमन्त्रीसँग फेरि कुराकानी गर्ने उनले बताएका छन्।

त्यस्तै भारतसँग तनाव कम गर्ने विषयमा अमेरिकी दूत नताली बेकरले बुधबार पाकिस्तानका उपप्रधान एवं परराष्ट्रमन्त्री इसहाक डारसँग भेट गरेका थिए।

अमेरिकी परराष्ट्र मन्त्रालयले के भन्यो?

रुबियोको फोनवार्तापछि अमेरिकी परराष्ट्र विभागले जारी गरेको वक्तव्यमा पहलगाम आक्रमणलाई आतंकवादी र अविवेकपूर्ण भनिएको छ। अमेरिकी परराष्ट्रमन्त्री रूबियोले ‘पहलगाम आक्रमणलाई निन्दा गर्न र यो क्रूर आक्रमणको छानबिनका लागि पाकिस्तानी अधिकारीले सहयोग गरोस्’ भनेर पाकिस्तानलाई भनेका छन्।

अमेरिकी परराष्ट्र मन्त्रालयको वक्तव्यअनुसार,‘रूबियोले भारतीय परराष्ट्रमन्त्री जयशंकरसँग पहलगामको आतंकवादी आक्रमणमा ज्यान गुमाउनेप्रति संवेदन व्यक्त गर्दै आतंकवादविरुद्ध भारतलाई सहयोग गर्न अमेरिकी प्रतिबद्धता दोहोर्‍याए।’

तनाव कम गर्न तथा दक्षिण एसियामा शान्ति बनाइराख्न भारत र पाकिस्तानले मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन्।

परमाणु हतियार सम्पन्न दुवै मुलुकलाई तनाव कम गर्न, संवाद सुरु गर्न र शान्ति बनाउन परिणाममूलक समाधानका लागि मिलेर काम गर्न उनले आग्रह गरेका छन्। अमेरिकाले पाकिस्तानको आलोचना नगरी पहलगाम आक्रमणको निन्दा गरेको छ भने भारतले यो आक्रमणमा पाकिस्तान संलग्न भएको आरोप लगाएको छ।

रुबियोसँग के भने सरिफले?

पाकिस्तानको प्रधानमन्त्री कार्यालयले जारी गरेको वक्तव्यमा रुबियोसँगको टेलिफोन संवादमा सरिफले भड्काउ अभिव्यक्ति नदिन भारतलाई दबाब दिन अमेरिकासँग आग्रह गरेका छन्। पहलगाम आक्रमणमा पाकिस्तान संलग्न भएको भारतको दाबीलाई खारेज गर्दै उनले निष्पक्ष जाँचका लागि पाकिस्तानको अडानलाई उनले दोहोर्‍याए।

सरिफले रुबियोसँगको संवादमा सिन्धुल जल सन्धिको विषय उठाउँदै ‘यो सम्झौता २४ करोड मानिसका लागि जीवन रेखा रहेको र कुनै एक पक्ष एकतर्फी ढंगबाट पछि हट्ने प्रावधान नभएको’ बताएका थिए।

पहलगाम आक्रमणपछि भारतका तर्फबाट सैन्य कारबाहीको सम्भावना रहेको पाकिस्तानको आकलन छ। बुधबार पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारले आगामी २४ देखि ३६ घण्टाभित्र भारतले सैन्य कार्यबाही गर्न सक्ने भन्दै भडियो सन्देश जारी गरेका थिए।

तरारले जारी गरेको भिडियो सन्देशपछि अन्तर्राष्ट्रियस्तरबाट कूटनीतिक प्रयासले गति लिएको छ।

डोनाल्ड ट्रम्प के चाहन्छन्?

पहलगाम आक्रमणपछि आफ्नो पहिलो प्रतिक्रियामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई समर्थन दिने बताएका थिए। पहलगाम आक्रमणमा मारिएका प्रति संवेदना जनाउँदै ट्रुथ सामाजिक सञ्जालमा उनले भारतको समर्थनमा खडा हुने जनाएका थिए।

तर गत शुक्रबार ट्रम्पले दिएको प्रतिक्रियाले अमेरिकी परराष्ट्र नीतिमा एकखाले उदासीनता देखाएको थियो।

रोम भ्रमणमा जाने क्रममा पत्रकारहरूको प्रश्नको जवाफमा ट्रम्पले भारत र पाकिस्तानका नेताले यो तनावको समाधान जसरी पनि निकाल्ने बताएका थिए। दुवै मुलुकबीच १००० देखि संघर्ष चलिरहेको उनको भनाइ थियो।

ट्रम्पले भने, ‘म भारतसँग एकदमै नजिक छु र पाकिस्तानसँग पनि नजिक छु। दुवै देश कस्मिरमा एक हजार सालदेखि लडिरहेका छन्। त्यो सीमामा पन्ध्र सय वर्षदेखि तनाव छ। दुवै देशका नेताहरूले यो समस्यालाई कुनै न कुनै तरिकाले हल निकाल्नेछन् मलाई विश्वास छ।’

परराष्ट्र नीतिका जानकारहरू अमेरिका यतिबेला आफ्नो परराष्ट्र नीतिलाई लिएर प्रस्ट नरहेको बताएका छन्। दिक्षण एसियाभन्दा बढी हिन्द प्रशान्त क्षेत्रको भूराजनीतिमा उसको बढी चासो रहेको जानकारहरू बताउँछन्। पहलगाम आक्रमणको मामिलामा हालसम्म अमेरिकाको प्रस्ट धारणा आएको छैन। बीबीसीको सहयोगमा

प्रकाशित: १८ वैशाख २०८२ १८:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast