काभ्रेको भुम्लु सडक १५ वर्षपछि कालोपत्र, दोलालघाट सडक विस्तार जारी

हिमाल प्रेस १६ वैशाख २०८२ १७:४४
12
SHARES
काभ्रेको भुम्लु सडक १५ वर्षपछि कालोपत्र, दोलालघाट सडक विस्तार जारी

काभ्रेपलाञ्चोक- काभ्रेको भुम्लु गाउँपालिकास्थित हबेली-सापिङ-सिम्थली-बेखसिम्ले-बाफल सडक १५ वर्षपछि करिब ४ किमी पक्की (कालोपत्र) बनाइएको छ। ९ करोड ३२ लाख रुपैयाँमा ठेक्का लिएको कम्पनीले ८ महिना अघिनै काम सकाएको हो।

दोलालघाट-फलाँटे-कोलाँती सडकखण्डमा पनि ६.५ किमी विस्तार हुँदैछ। बाढीले १.५ किमी सडक क्षति पुर्‍याएपछि नयाँ डिजाइन बनाउने तयारी छ।

१२ करोड रुपैयाँको यो योजना हाल २५% आर्थिक र ४०% भौतिक प्रगतिमा छ।

प्रकाशित: १६ वैशाख २०८२ १७:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast