शिक्षक महासंघका प्रतिनिधिमाथि एमाले सांसदको प्रश्न- आन्दोलनलाई सरकार ढाल्ने अस्त्र बनाउनु भएको हो?

हिमाल प्रेस १६ वैशाख २०८२ १२:५५ | Tuesday, April 29, 2025
शिक्षक महासंघका प्रतिनिधिमाथि एमाले सांसदको प्रश्न- आन्दोलनलाई सरकार ढाल्ने अस्त्र बनाउनु भएको हो?

काठमाडौँ- नेकपा एमालेका सांसद ठाकुर गैरेले आन्दोलनरत शिक्षकहरूको प्रतिनिधिमण्डलको भूमिकामाथि प्रश्न उठाएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले शिक्षक महासंघका प्रतिनिधिहरूले प्रधानमन्त्री तथा मन्त्रीहरूसँगको छलफलपछि उत्साहित देखिए पनि बाहिर आएपछि असन्तुष्टि देखाउने गरेको बताए।

गैरेले भने, ‘शिक्षक महासंघका साथीहरू प्रधानमन्त्रीसँग छलफल गरेर फर्किँदा उत्साहित देखिन्छन्। तर बाहिर आउँदा अनुहार फेरि अमिलो हुन्छ। सत्तारूढ दलका नेताहरूसँगको बैठकमा पनि खुसी भएर फर्किएको देखिन्छ तर समाधान भने जस्ताको तस्तै देखिन्छ।’

आन्दोलनलाई लिएर विपक्षी दलहरूप्रति पनि संकेत गर्दै गैरेले शिक्षक आन्दोलनलाई सरकार ढाल्ने अस्त्रको रूपमा प्रयोग गर्ने प्रयास भइरहेको हो भन्ने प्रश्न गरे। गैरेका अनुसार यसले आन्दोलनको उद्देश्यप्रति प्रश्न उठ्न सक्ने स्थिति सिर्जना गरेको छ।

शिक्षा ऐन जारी गर्न माग गर्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाडौँमा आन्दोलन जारी छ। आन्दोलन आज २८ दिन पुगेको छ।

प्रकाशित: १६ वैशाख २०८२ १२:५५ | Tuesday, April 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast