एफए कपको फाइनलमा सिटी

हिमाल प्रेस १५ वैशाख २०८२ ७:२३
एफए कपको फाइनलमा सिटी सिटीको जितपछि अंकमाल गर्दै खेलाडी।

काठमाडौँ- म्यानचेस्टर सिटी एफए कपको फाइनल पुगेको छ। नटिंघम फरेस्टलाई आइतवार २-० ले हराउँदै सिटी हराउँदै लगातार तेस्रो पटक एफए कप अन्तिम दुईमा पुगेको हो।

वेम्बलीमा मे १७ मा सिटीले क्रिस्टल प्यालेससँग फाइनल खेल्नेछ। सिटीले सुरुवातबाटै खेललाई नियन्त्रणमा राख्यो। निराशाजनक सिजनलाई सफलताका साथ अन्त्य गर्ने लक्ष्यसहित सिटी आठौं पटक प्रसिद्ध एफए कप ट्रफी उठाउने आशामा छ।

खेल सुरु भएको दोस्रो मिनेटमा मातेओ कोभासिचले बक्सको किनारामा दिएको पासलाई २० वर्षे रिको लुइसलाई गोलमा परिणत गरे। नुनो एस्पिरिटो सान्तोको टोलीले दोस्रो हाफको सुरुवातमा नै बराबरीको अवसर पाएको थियो ।‌ क्यालम हड्सन-ओडोईले बक्समा दिएको पासलाई एन्थोनी एलाङ्गाले गरेको पहिलो प्रहार पोष्टको बाहिर गयो।

त्यसको केही क्षणमै सिटीले अन्तर दोब्बर पार्‍यो । ५औं मिनेटमा ओमार मारमसको कर्नरबाट जोस्को ग्वार्डिओलले हेडरमार्फत गोल गरे। फरेस्टले खेलमा फर्किने प्रयास गर्‍यो। तर सफल‌ भएन।‌ तीनपटक प्रहार गरेको बल बार वा पोष्टमा ठोक्कियो।

प्रकाशित: १५ वैशाख २०८२ ७:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast