माओवादी केन्द्रको संसदीय दलको बैठक जारी

हिमाल प्रेस ११ वैशाख २०८२ ८:४०
28
SHARES
माओवादी केन्द्रको संसदीय दलको बैठक जारी

काठमाडौँ- नेकपा माओवादी केन्द्रको संसदीय दलको पूर्ण बैठक सुरु भएको छ। सिंहदरबारस्थित दलको कार्यालयमा बैठक सुरु भएको हो।

बैठकमा भोलिदेखि सुरु हुन लागेको संसद्को बजेट अधिवेशनमा पार्टीको भूमिका र प्रस्तुतिको रणनीतिबारे छलफल भइरहेको छ।

संघीय निजामती सेवा विधयेक, विद्यालय शिक्षा विधेयकलगायत महत्वपूर्ण विधेयकहरूमा सदनमा पार्टीले कसरी भूमिका खेल्ने भन्ने विषयमा पनि बैठक केन्द्रित भएको पार्टी अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ।

प्रकाशित: ११ वैशाख २०८२ ८:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast