कविता

तिमीसँग

बिसु सिटौला ६ वैशाख २०८२ १७:२९ | Saturday, April 19, 2025
10
SHARES
तिमीसँग

हेरिरहूँ जस्तो लाग्छ
बेरिरहूँ जस्तो लाग्छ
छमछमी तिम्रो सामु
नाचूँ नाचूँ जस्तो लाग्छ।

बादलसँगै हावाको बेग
तिमीसँगै उडूँ लाग्छ
खुला आकाश, चरीजस्तै
पंखा फिँजाई रमाऊँ लाग्छ।

पूर्णिमाको उज्यालो रात
तिम्रो हात चुमू लाग्छ
तिमीसँग माया-प्रीति
गाँसिदिऊँ जस्तो लाग्छ ।

झरी परको छ यहाँ
खुसीले मन फुरुंग छ
तिम्रो अँगालोमा बसी
रुझूँ-रुझूँ जस्तो लाग्छ।

जिन्दगीको लामो यात्रा
मिठा- मिठा बात गरी
खुसीसँग रमाएर
पूरै पल काटूँ लाग्छ।

हरपल, हरक्षण तिमीलाई नै
हेरिरहूँ जस्तो लाग्छ
छमछमी तिम्रो सामु
नाचूँ-नाचूँ जस्तो लाग्छ ।

प्रकाशित: ६ वैशाख २०८२ १७:२९ | Saturday, April 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast