सशस्त्र द्वन्द्वपीडितको खबरदारी : आयोगहरूमा विश्वसनीय पदाधिकारी सिफारिस गर

हिमाल प्रेस ६ वैशाख २०८२ १७:१२ | Saturday, April 19, 2025
सशस्त्र द्वन्द्वपीडितको खबरदारी : आयोगहरूमा विश्वसनीय पदाधिकारी सिफारिस गर फाइल तस्बिर

काठमाडौँ- सशस्त्र द्वन्द्वपीडितहरूले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा स्पष्ट मापदण्ड र पारदर्शी सार्वजनिक छनोट प्रक्रिया अबलम्बन गरेर योग्यता, क्षमता र अनुभवका आधारमा विश्वसनीय पदाधिकारीहरु सिफारिस गर्न माग गरेका छन्। द्वन्द्वपीडितहरूका विभिन्न संस्थाले शनिबार संयुक्त विज्ञप्ति प्रकाशित गरी यस्तो माग गरेका हुन्।

‘पीडित समुदायसँग समेत परामर्श गरेर अधिकतम योग्यता, क्षमता भएका शान्ति निर्माण एवं मानवअधिकार क्षेत्रमा योगदान पुर्‍याएका, समाजमा प्रतिष्ठित व्यक्तिहरु सूचीकृत गर्न माग गर्दछौँ’, विज्ञप्तिमा उल्लेख छ।

सिफारिस समितिलाई कुनै पनि दबाब र प्रभावमा नपर्न, अल्झिरहेको पीडितको पीडा सम्बोधन गर्ने आफ्नो राष्ट्रिय जिम्मेवारी गहनतापूर्वक सिफारिस समितिलाई खबरदारी एवं विश्वसनीय प्रक्रिया अवलम्बनन गर्नका लागि कुनै पनि सहयोगका लागि तत्पर रहेको पनि पीडितहरूले स्पष्ट पारेका छन्।

पीडितहरूले अर्थपूर्ण परामर्शयुक्त प्रक्रिया अवलम्बन गर्न एवं सार्वजनिक सुनुवाइका आधारमा सर्वोत्कृष्ट ठहरिएका, पीडित र समाजले पत्याएका व्यक्तिहरु छनोट गरी साँच्चिकै उच्चस्तरीय, सक्षम र विश्वसनीय आयोग गठनका लागि सिफारिस गर्न अनुरोध गरेका छन्।

शान्ति सम्झौताको कार्यभार यस राष्ट्रिय प्रक्रियालाई नजिकबाट नियाल्न एवं विश्वसनीय, पारदर्शी एवं पीडितले न्याय पाउने पीडित केन्द्रित प्रक्रिया अवलम्बन गर्न रचनात्मक भूमिका खेल्नका लागि राष्ट्रिय मानवअधिकार आयोग, मानवअधिकार समुदाय, नागरिक समाज, सञ्चार क्षेत्र एवं संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय समुदायलाई समेत अपिल गरिएको छ।

पदाधिकारी सिफारिस गर्न भन्दै सरकारले चौथो पटक सिफारिस समिति गठन गरेको छ। १० दिनको अवधि दिएर आवेदन माग गरिएको भए तापनि जानकारी नपाएको गुनासो सुनिएको पीडितहरूको गुनासो छ| विज्ञप्तिमा उल्लेख छ, ‘दलीय भागवण्डा मिलिसकेको एवं समितिले उक्त नामावली अनुमोदन गर्ने त हो नि भन्ने चर्चा बजारमा व्यापक भएको छ| यस प्रकारका बुझाइहरुलाई चिर्दै विश्वसनीय वातावरण बनाउनु र विश्वसनीय प्रक्रिया अवलम्बन गर्नु समितिका लागि चुनौतीपूर्ण छ।’

अपिल एवं खबरदारी गर्ने द्वन्द्वपीडित संघसंस्था र व्यक्तिहरू

१. उदय शाह, महासचिव, द्वन्द्वपीडित साझा चौतारी

२. सृजना श्रेष्ठ, अध्यक्ष,  द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल

३. सुरेन्द्र खत्री, अध्यक्ष, अपांगता भएका द्वन्द्वपीडितहरूको राष्ट्रिय सञ्जाल

४. गोपालबहादुर शाह, अध्यक्ष, द्वन्द्वपीडित राष्ट्रिय सञ्जाल

५. निरञ्जनकुमार चौधरी, अध्यक्ष,  राष्ट्रिय स्मृति सञ्जाल

६. कल्याण बुढाथोकी, अध्यक्ष, माओवादी पीडित राष्ट्रिय संघर्ष समिति

७. रूपेश शाह, अध्यक्ष,  बेपत्ता परिवार समाज नेपाल

८. चन्द्रबहादुर चौधरी, अध्यक्ष, द्वन्द्व प्रभावित सरोकार केन्द्र, दाङ

९. रमिला जोशी, अध्यक्ष,  न्यायका लागि द्वन्द्वपीडित समाज

१०. धर्मराज न्यौपाने,  अध्यक्ष,  नेपाल माओवादी पीडित संघ

११. मोहन परियार, महासचिव, द्वन्द्व व्यवस्थापन तथा विस्थापित सरोकार केन्द्र

१२. कृष्णबहादुर घिसिङ, अध्यक्ष, द्वन्द्वपीडित अपांग संघ, दोलखा

१३. कृष्ण अधिकारी, उपाध्यक्ष, बाँदरमुढे घटनापीडित सरोकार समिति

१४.भीमबहादुर राउत, अध्यक्ष,  द्वन्द्वपीडित स्वरोजगार तथा सीपमूलक तालिम केन्द्र, मोरङ

१५. इन्द्रकला राई शाह, सचिव,  बेपत्ता परिवार समाज नेपाल, सुनसरी

१६. डिल्लीप्रसाद रिजाल, अध्यक्ष,  झापाली बेपत्ता स्मृति स्तम्भ पार्क

१७.  केपी अधिकारी, संस्थापक अध्यक्ष,  द्वन्द्वपीडित टुहुरा समाज

१८. भीमबहादुर रिजाल, अध्यक्ष,  द्वन्द्वपीडित अधिकार मञ्च म्याग्दी

१९. गणेशबहादुर मल्ल, अध्यक्ष,  द्वन्द्वपीडित कृषक हकहित संरक्षण समाज, कैलाली

२०. देवीकुमारी केसी, अध्यक्ष,  द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल, म्याग्दी

२१. सीता बोहरा, अध्यक्ष,  द्वन्द्वपीडित तथा एकता विकास केन्द्र,  धनगढी

२२. हीरा तिवारी, अध्यक्ष, द्वन्द्वपीडित शिक्षक समाज

२३. ज्ञानेन्द्र आरण, सचिव,  द्वन्द्वपीडित राष्ट्रिय समाज

२४. रुपेश शाह, अध्यक्ष,  द्वन्दपीडित समाज कोशी प्रदेश

२५. सुमन अधिकारी, संस्थापक अध्यक्ष, द्वन्द्वपीडित साझा चौतारी

२६. गीता रसाइली, उपाध्यक्ष, द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल

२७. सुशीला चौधरी, महासचिव, द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल

२८. सावित्री खड्का, सचिव, द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल

प्रकाशित: ६ वैशाख २०८२ १७:१२ | Saturday, April 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast