लज्जास्पद हारले बाहिरियो रियल, आर्सनलको प्रतिस्पर्धा अब पीएसजीसँग

हिमाल प्रेस ४ वैशाख २०८२ ६:५६ | Thursday, April 17, 2025
लज्जास्पद हारले बाहिरियो रियल, आर्सनलको प्रतिस्पर्धा अब पीएसजीसँग

काठमाडौँ- इंग्लिस टिम आर्सनलसँग दोस्रो लेगमा पनि पराजित भएपछि साविक विजेता रियल मड्रिड युरोपियन च्याम्पियन्स लिगबाट बाहिरिएको छ।

बुधबार राति सान्तियागो बर्नाबेउनमै रियाल २-१ ले पराजित भएपछि क्वार्टरफाइनलबाट बाहिरिएको हो। पहिलो लेगमा आर्सनल घरेलु मैदानमा ३-० ले विजयी भएको थियो। समग्रमा आर्सनल ५-१ ले विजयी भएको हो।

अब, आर्सनलले फाइनल प्रवेशको लागि पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग खेल्नेछ। आर्सनल सन् २००९ पछि सेमिफाइनलमा प्रवेश गरेको हो।

बर्नाबेउमा बुकायो साकाले पहिलो हाफमा पेनाल्टी चुकाउँदा कुनै गोल हुन सकेन। दोस्रो हाफमा तीन गोल निस्कियो। साकाले नै ६५औं मिनेटमा आर्सनललाई अग्रता दिलाएका थिए।

भिनिसियस जुनियरले ६७औं मिनेटमा घरेलु टोलीलाई बराबरीमा ल्याएका हुन्। तर, इन्जुरी समयमा गाब्रियल मार्टिनेलीले गोल गर्दै आर्सनललाई जित दिलाएका हुन्।

प्रकाशित: ४ वैशाख २०८२ ६:५६ | Thursday, April 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast