 
                             
                                            काठमाडौँ- जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी विद्यार्थी युनियनको अध्यक्षमा मनिषकुमार यादव चयन भएका छन्। लुम्बनी प्रदेशको भैरहवामा आइतबार महाधिवेशनले यादवको अध्यक्षतामा ३९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेका छन।
समितिको उपाध्यक्षमा राहुल यादव (रुपन्देही), ललनकुमार यादव (रौतहट), शत्रुधन यादव (बारा), मो आमिन खान राइन (धनुषा), शारदा यादव (बारा), चन्द्रनारायण यादव (मोरङ) चयन भएका छन्।
महासचिवमा बलिराम कापडी (धनुषा), अंजिल राई (खोटाङ), उपमहासचिवमा राधेश्याम यादव (सप्तरी), सुनिल कुमार यादव (कपिलबस्तु), देवकुमार यादव (सुनसरी), प्रविणकुमार यादव (रौतहट), धिरज यादव (ललितपुर) चयन भएका छन्।
सचिवमा विरेन्द्रकुमार यादव (रुपन्देही), प्रतिक्षा कुमारी यादव (सप्तरी), दिनेश सुब्बा ईवा (पाँचथर), र पुरुषोत्तम साह (सिरहा) चयन भएका छन भने कोषाध्यक्षमा बैजनाथ भण्डारी मोरङ चयन भएका छन्।
समितिको सदस्यहरूमा सन्तोषकुमार पण्डित (सप्तरी), नितेश कुमार यादव (सुनसरी), शिवनन्दन यादव (बर्दिया), विष्णुकुमार यादव (सुनसरी), रघु कामत (मोरङ), कौशलेन्द्र मिश्र (रुपन्देही), वृखेश कुमार यादव (मोरङ), निरजकुमार यादव (मोरङ), मिथलेश कुमार यादव (सप्तरी), बबिता मौर्य (कपिलबस्तु), गुलाम नवि मुस्लमान (कपिलवस्तु),सरिता यादव (कपिलबस्तु), नितेश यादव सप्तरी, अमिल कुमार यादव (धनुषा), रविनकुमार यादव (सप्तरी), मुकेश प्रसाद यादव (पर्सा), विशाल राम (पर्सा), नजमुल हक ( रौतहट), सुशिल कुमार यादव (मोरङ्ग), सनि कुमारी माझी (मोरङ्ग) चयन भएका छन ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                    ![नयाँ शिक्षा ऐन जारी गर्न माग गर्दै शंख फुकेर, थाल बजाएर विद्यार्थीको प्रदर्शन [फोटो फिचर]](https://himalpress.com/wp-content/uploads/2023/07/teacher-photo-3.jpg) 
                                             


 
  
  
  
  
  
  
  
  
  
 