सत्तापक्षीय दलको सहमति : भूमि अध्यादेश अब नियमित विधेयकका रूपमा अघि बढाइने

हिमाल प्रेस १३ चैत २०८१ १३:२० | Wednesday, March 26, 2025
सत्तापक्षीय दलको सहमति : भूमि अध्यादेश अब नियमित विधेयकका रूपमा अघि बढाइने कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे

काठमाडौँ- सरकारले भूमि अध्यादेश नियमित विधेयकका रूपमा अघि बढाउने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्तापक्षीय दलका शीर्ष नेताको बैठकले भूमि अध्यादेश फिर्ता लिएर नियमित विधेयकका रूपमा अगाडि बढाउने निर्णय हो।

भूमिसम्बन्धी अध्यादेश अघि बढ्न सक्ने अवस्था नरहेकाले विधेयकका रुपमा अघि बढाउने सहमति भएको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए। उनले नियमित विधेयकका रुपमा अघि बढाउँदा अन्य सत्तारुढ दलहरुले राखेका विषय पनि सम्बोधन गरिने बताए।

चैत १८ गतेपछि निष्कृय हुने भएपछि सत्तारुढ दल भूमिसम्बन्धी अध्यादेशबाट पछि हटेको हो। सरकारले जारी गरेका अन्य अध्यादेश अघि बढे पनि केही सत्ता साझेदार दलले विरोध जनाएपछि भूमिसम्बन्धी अध्यादेश अघि बढ्न सकेको थिएन। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतका सत्तारुढ दलका नेताहरुको उपस्थिति थियो।

प्रकाशित: १३ चैत २०८१ १३:२० | Wednesday, March 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast