एसियन कप छनोट : मलेसियासँग नेपाली टोली स्तब्ध

हिमाल प्रेस १३ चैत २०८१ ६:३७ | Wednesday, March 26, 2025
एसियन कप छनोट : मलेसियासँग नेपाली टोली स्तब्ध

काठमाडौँ- एएफसी एसियन कप छनोटको अन्तिम चरण अन्तर्गत भएको पहिलो खेलमा नेपाल मलेसियासँग २-० ले पराजित भएको छ।

मलेसियाले पहिलो र दोस्रो हाफमा समना १-१ गोल गर्दै तीन अंक निश्चित गरेको थियो। खेल अवधिभर मलेसियाले पूर्ण दबाबमा राखेको नेपाल विरुद्ध खेलको २९ औं मिनेटमा गोल गर्दै अग्रता बनाएको थियो।

उसका लागि हेक्टर हेभलले गोल गर्दै टिमलाई अग्रता दिलाए। सुल्ताइन इब्राहिम स्टेडियममा हेक्टरले आफ्नो डेब्यु खेलमै गोल गरेका हुन्।

पहिलो हाफमा पूर्ण दबाबमा खेलेको नेपालविरुद्ध मलेसियाले दोस्रो हाफमा पनि सोहि लय कायम राख्यो। उसका लागि ७० औं मिनेटमा लाभेरी कोर्विनले अग्रता दोब्बर बनाए।

उनले फ्रिकीक बलमा अरिफ अमिन हनापीको आकर्षक क्रसलाई गोलमा परिणत गरेका थिए।

यो सँगै मलेसियाले समूहमा महत्वपूर्ण तीन अंक प्राप्त गरेको छ। समूहमा मलेसियासहित नेपाल, भियतनामा र लाओस रहेका छन्। होम एन्ड अवे खेलपछि शीर्ष स्थानमा रहने एक टिमले एसियन कपमा स्थान बनाउने छ।

प्रकाशित: १३ चैत २०८१ ६:३७ | Wednesday, March 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast