एनसेल एनएसएलको अवसरमा मैत्रीपूर्ण फुटबलको आयोजना

हिमाल प्रेस ११ चैत २०८१ २०:०४ | Monday, March 24, 2025
एनसेल एनएसएलको अवसरमा मैत्रीपूर्ण फुटबलको आयोजना

काठमाडौँ- एनसेलले आगामी शनिबारबाट सुरू हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) को अवसरमा काठमाडौँको लैनचौ खेलमैदानमा मैत्रीपूर्ण फुटबल खेलको आयोजना गरेको छ।

तीन टिमको सहभागिता रहेको मैत्रीपूर्ण खेलमा नेपाल खेलकुद पत्रकार संघको टिम विजयी भएको छ।

सेभेन ‘ए’ साइड फुटबल मैदानमा खेलिएको यो खेलमा पहिलो खेल एनसेल टिम र पूर्वराष्ट्रिय खेलाडी तथा भेटरान फुटबलर अनिल गुरुङको नेतृत्व रहेको कलाकार तथा मोडलहरूको टिमबीच भएको थियो। यसमा एनसेल टिमले अनिल गुरुङको टिमलाई २–१ को अन्तरले हराएको थियो।

एनसेल एनएसएलको अवसरमा आयोजित प्रतियोगिताको फाइनल खेल नेपाल खेलकुद पत्रकार संघको टिम र एनसेल टिमबीच भएको थियो। फाइनल खेलमा नेपाल खेलकुद पत्रकार संघको टिमले २–० ले जित हासिल गरेको थियो।

शनिबारदेखि सुरू भएर वैशाख १३ सम्म चल्ने यस फ्रेन्चाइज फुटबल प्रतियोगिता एनएसएल सिजन–३ मा एनसेल प्रमुख प्रायोजकका रुपमा आवद्ध रहेको छ। यस सिजनमा ललितपुर सिटी, एफसी, काठमाडौँ रेजन्जर्स एपसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी र चितवन गरी साता टोलीहरू उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

एनसेल एनएसल सिजन ३ दशरथ रंगशालामा एक महिनासम्म सञ्चालन हुनेछ। विभिन्न सात क्लबका उत्कृष्ट खेलाडीहरूलाई एकै मञ्चमा ल्याउने यसलाई ठूलो फुटबल प्रतियोगिता ठानिएको छ।

प्रकाशित: ११ चैत २०८१ २०:०४ | Monday, March 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast