सरकार परिवर्तनको हल्ला माओवादीको ‘स्टन्टबाजी’मात्रै हो : मन्त्री गुरुङ

हिमाल प्रेस ६ चैत २०८१ १८:२७
6
SHARES
सरकार परिवर्तनको हल्ला माओवादीको ‘स्टन्टबाजी’मात्रै हो : मन्त्री गुरुङ

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले अहिले राष्ट्रिय सरकार गठनको चर्चा गर्नुको कुनै तुक नरहेको टिप्पणी गरेका छन्।

बुधबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गुरुङले अहिलेको सरकार नै राष्ट्रिय सरकार रहेको भन्दै अर्को राष्ट्रिय सरकार गठनको चर्चा गर्नुको कुनै तुक नरहेको बताएका हुन्।

माओवादी सत्तामा आउने बित्तिकै गणतन्त्र बलियो हुन्छ भन्ने तर्क उचित नभएको उनले बताए। मन्त्री गुरुङले सरकार परिवर्तनको हल्ला चलाउनु माओवादीको ‘स्टन्टबाजी’मात्रै भएको जिकिर गरे।

उनले राजावादीको चुनौती महसुस गरेको भए मोर्चाबाट सामना गर्न माओवादीलाई सुझाव दिए।

सरकार गठनका समयमा कांग्रेस र एमालेबीच भएको सहमतिमध्ये संविधान संशोधनमात्र हुन बाँकी रहेको र बाँकी सबै सहमति कार्यान्वयन भइरहेको उनको भनाइ छ।

प्रकाशित: ६ चैत २०८१ १८:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast