परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

हिमाल प्रेस ५ चैत २०८१ २०:०० | Tuesday, March 18, 2025
परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

काठमाडौँ- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच आज (मंगलबार) नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ।

भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित ‘राइसिना डायलग’ कार्यक्रममा सहभागिताका लागि नयाँ दिल्लीमा रहेकी मन्त्री डा. देउवा र भारतीय विदेशमन्त्री डा. जयशंकरबीच भेटवार्ता भएको हो।

भेटका क्रममा उनीहरूबीच नेपाल-भारत ऐतिहासिक द्विपक्षीय सम्बन्ध, दुई देशबीचका साझा चासो र आपसीहितका साथै पारस्परिक लाभका विभिन्न विषयमा कुराकानी भएको थियो।

त्यस अवसरमा मन्त्री डा. देउवाले नेपालले भारतसँगको सम्बन्धलाई उच्च महत्त्व दिँदै आएको र आगामी दिनमा पनि दुवै देशको साझा हितका लागि भारतसँग सहकार्य गर्न नेपाल सदैव इच्छुक रहेको बताएको उनको सचिवालयले जनाएको छ।

नेपाल र भारतबीच पछिल्लो समय भएका द्विपक्षीय भेटवार्ता, भ्रमणहरूको आदानप्रदान तथा आपसी सहकार्यका साथै दुई देशबीचको ट्रेड ट्राञ्जिट तथा जलस्रोत विकासका क्षेत्रमा भएका प्रगतिबारे पनि सो भेटका क्रममा कुराकानी भएको थियो। रासस

प्रकाशित: ५ चैत २०८१ २०:०० | Tuesday, March 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast