नेपाललाई दिँदै आइएको आर्थिक सहयोगले निरन्तरता पाउने ट्रम्पका सुरक्षा निर्देशकको आश्वासन

हिमाल प्रेस ५ चैत २०८१ १८:५२ | Tuesday, March 18, 2025
नेपाललाई दिँदै आइएको आर्थिक सहयोगले निरन्तरता पाउने ट्रम्पका सुरक्षा निर्देशकको आश्वासन

काठमाडौँ- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सहायक तथा दक्षिण र मध्य एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ निर्देशक रिकी गिलसँग नयाँ दिल्लीमा आज (मंगलबार) भेटवार्ता गरेकी छन्।

भारतको विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित ‘राइसिना डायलग’ कार्यक्रमका लागि त्यहाँ रहेका उनीहरूबीच ‘साइडलाइन’ भेटवार्ता भएको हो।

सो भेटवार्ताका क्रममा वरिष्ठ सुरक्षा निर्देशक रिकीले अमेरिकाले नेपाललाई दिँदै आएको आर्थिक सहयोगले निरन्तरता पाउने भनी आश्वस्त गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ। साथै नेपाल–अमेरिका सम्बन्धका विविध विषयमा पनि छलफल भएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ।

सोही अवसरमा मन्त्री डा. राणाले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन अमेरिकी सरकारसँग आग्रह गरेकी थिइन्।

प्रकाशित: ५ चैत २०८१ १८:५२ | Tuesday, March 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast