साफ यू-१९ च्याम्पियनसिपको समूह ‘बी’मा नेपाल, प्रतिस्पर्धी भारत र श्रीलंका

हिमाल प्रेस २७ फागुन २०८१ २०:४५
8
SHARES
साफ यू-१९ च्याम्पियनसिपको समूह ‘बी’मा नेपाल, प्रतिस्पर्धी भारत र श्रीलंका

काठमाडौँ- नेपालले साफ यू-१९ च्याम्पियनसिप २०२५ को समूह ‘बी’ मा आयोजक भारत र श्रीलंकासँग स्थान पाएको छ। त्यसै गरी माल्दिभ्स, भुटान र बंगलादेश समूह ए मा छन्।

पाकिस्तानले क्षेत्रीय यू-१९ पुरुष फुटबल प्रतियोगिताको सातौं संस्करणमा भाग नलिने भएको छ। समूहका टोलीहरूले एकअर्कासँग एक पटक खेल्नेछन्, र प्रत्येक समूहबाट शीर्ष दुई टोलीहरू सेमिफाइनलमा पुग्नेछन्|

सेमिफाइनल मे १५ मा खेलिनेछ भने फाइनल मे १८ मा आयोजना हुनेछ। खेलहरू मे ९ देखि १८ सम्म भारतको अरुणाचल प्रदेशको युपियास्थित गोल्डेन जुबली रंगशालामा आयोजना हुनेछन्।

भारत साफ पुरुष यू-१९ फुटबलमा सबैभन्दा सफल टोली हो, जसले २०१९, २०२२ र २०२३ मा तीन पटक उपाधि जितेको छ। नेपालले यो प्रतियोगिता दुई पटक २०१५ र २०१७ मा जितेको छ। बंगलादेश एक पटक २०२४ मा उपाधि जितेको छ।

प्रकाशित: २७ फागुन २०८१ २०:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast