रियलको जितले लालिगाको अंकतालिका रोचकता

हिमाल प्रेस २६ फागुन २०८१ ७:५१
8
SHARES
रियलको जितले लालिगाको अंकतालिका रोचकता

काठमाडौँ- स्पेनिस लालिगामा रियाल मड्रिडको जितले अंकतालिका रोचक बनेको छ। आइतबार रायो भायकानोविरुद्धको जितले रियलले शीर्ष टोली बार्सिलोनासँग अंकतालिकामा बराबरी गरेको छ।

जितसँगै २७ खेलमा ५७ अंकका साथ दोस्रो स्थानमा पुगेको छ भने बार्सिलोना समान अंकका साथ शीर्षमा छ।

तेस्रोमा रहेको एथ्लेटिको मड्रिड पनि एक अंक कम अर्थात ५६ अंकमा छ। स्यान्टियागो बर्नाबेउमा घरेलु टोली रियललाई जित दिलाउन किलियन एमबाप्पे र भिनिसियस जुनियरले गोल गरे। भायकानोका लागि पेड्रो डियाजले गोल फर्काए।

खेलको ३०औं मिनेटमा एमबाप्पेको गोलमार्फत रियालले अग्रता लिएको थियो । चार मिनेटपछि नै जुनियरले टोलीको अग्रता दोब्बर बनाए। पहिलो हाफको इन्जुरी समयमा डियाजले गोल गर्दा खेल २-१ को स्थितिमा आयो । दोस्रो हाफमा कुनै पनि टोलीबाट गोल हुन सकेन ।

लिगअन्तर्गत आइतबारै सम्पन्न खेलमा रियल बेटिस्ले लाप पाल्सम तथा सेभियाले रियाल सोसिडाडलाई समान १-० ले हराउँदा मायोर्का एटलेटिक्स क्लब बिल्वाओसँग १-१ को बराबरीमा रोकियो ।

प्रकाशित: २६ फागुन २०८१ ७:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast