बढ्यो डलर, अरू मुद्रा कति?

हिमाल प्रेस १७ फागुन २०८१ ७:०६
16
SHARES
बढ्यो डलर, अरू मुद्रा कति?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य बढेको छ। अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको मूल्य भने घटेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १ सय ३९ रुपैयाँ ७० पैसा र बिक्रीदर १ सय ४० रुपैयाँ ३० पैसा छ। राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो १ को खरिददर १ सय ४५ रुपैयाँ २४ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ ८६ पैसा कायम भएको छ। हिजो युरो १ को खरिददर १ सय ४५ रुपैयाँ ८६ पैसा र बिक्रीदर १ सय ४६ रुपैयाँ ४९ पैसा थियो।

यस्तै आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ७५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १ सय ७६ रुपैयाँ ६० पैसा छ। आज अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८७ रुपैयाँ २० पैसा छ।

आज कुबेती दिनार १ को खरिददर ४ सय ५२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४ सय ५४ रुपैयाँ ३० पैसा छ।

त्यसैगरि बहराइन दिनार १ को खरिददर ३ सय ७० रुपैयाँ ६६ पैसा र बिक्रीदर ३ सय ७२ रुपैयाँ २५ पैसा निर्धारण भएको छ।

प्रकाशित: १७ फागुन २०८१ ७:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast