काठमाडौँमा बालविकास केन्द्रको मापदण्डअनुसार पूर्वाधार विकास

हिमाल प्रेस १३ फागुन २०८१ ११:०२
1.6k
SHARES
काठमाडौँमा बालविकास केन्द्रको मापदण्डअनुसार पूर्वाधार विकास

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले प्रारम्भिक बालविकास केन्द्रको मापदण्डअनुसारका पूर्वाधार विकास हुँदै गएको बताएको छ। सामुदायिक विद्यालयका प्रधानाध्यापक र निमित्त प्रधानाध्यापहरूसँग आइतबार महानगरपालिकाले गरेको कार्यक्रममा बालविकास केन्द्रको मापदण्डअनुसारको पूर्वाधार विकास हुँदै गएको बताइएको हो।

कार्यक्रममा प्रारम्भिक बालविकास कक्षाका लागि आन्तरिकत स्रोततर्फ स्वीकृत सहजकर्ता र आया नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको महानगरले जानकारी दियो। त्यसैगरी, महानगरले शिक्षकहरूको क्षमता विकास भएर शिक्षण क्रियाकलापमा सूचना प्रविधिको प्रयोग बढेको पनि बताएको छ।

छलफलका क्रममा प्रधानाध्यापकहरूले आफूहरूलाई लेखा, सार्वजनिक खरिद, सूचना प्रविधिको प्रयोग जस्ता विषय र शिक्षकहरूलाई शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोगसम्बन्धी तालिम प्रदान गर्न आग्रह गरे। समावेशी र पहुँचयुक्त विद्यालय शिक्षा बनाउने कार्यक्रम ल्याउन, विशेष विद्यालय सञ्चालन र व्यवस्थापन तथा त्यस्ता विद्यालयमा अध्यापन गराउने शिक्षकको प्रोत्साहनका कार्यक्रम ल्याउन उनहरूले माग राखेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast