बढ्यो अण्डाको मूल्य, क्यारेटको कति पुग्यो?

हिमाल प्रेस १३ फागुन २०८१ ७:०३ | Tuesday, February 25, 2025
बढ्यो अण्डाको मूल्य, क्यारेटको कति पुग्यो? फाइल तस्बिर

काठमाडौँ- अण्डाको मूल्य बढेको छ। नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलका अनुसार किसानसहितको बैठकले सोमबारदेखि नै लागू हुनेगरी अण्डाको मूल्य बढाउने निर्णय गरेको हो।

मूल्य बढेसँगै अब मध्यम अण्डा प्रतिक्रेट (३० वटा) को ३९० रुपैयाँ, ठूलो अण्डा ४१० रुपैयाँ र एक्स–एल अण्डा प्रतिक्रेटको मूल्य ४२५ रुपैयाँ पुगेको छ। यसअघि मध्यम अण्डा प्रतिक्रेट ३५० रुपैयाँ, ठूलो अण्डा ३७० रुपैयाँ र एक्स–एल अण्डा प्रतिक्रेट ३८५ रुपैयाँ रहेको थियो। यो फार्म मूल्य हो।

बजारमा अण्डाको माग बढेको र लागतसमेत बढी रहेकाले मूल्य बढाउनुपरेको अध्यक्ष पोखरेलको भनाइ छ। रासस

प्रकाशित: १३ फागुन २०८१ ७:०३ | Tuesday, February 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast