‘क्रूर सिन’ हटाएपछि ‘ताण्डवम्’ ले पायो पिजी सर्टिफिकेट

हिमाल प्रेस ८ फागुन २०८१ १६:१७ | Thursday, February 20, 2025
‘क्रूर सिन’ हटाएपछि ‘ताण्डवम्’ ले पायो पिजी सर्टिफिकेट

काठमाडौँ- यही फागुन ९ अर्थात् भोलिदेखि प्रदर्शन हुने भनिएको फिल्मले ‘पिजी’ सर्टिफिकेट पाएको छ। केन्द्रीय चलचित्र जाँच पास समिति सेन्सर बार्डले मंगलबार फिल्ममा रहेको अत्याधिक क्रूर सिन हटाउन आग्रह गरेको थियो।

करिब १० मिनेटको उक्त सिन हटाएपछि सेन्सर बाेर्डले पिजी सर्टिफिकेट दिएको निर्देशक जुनिम गहतराजले बताए। फिल्म हेर्न १६ भन्दा मुनिका बालबालिकाले आमा-बाबुलाई साथमा जानुपर्नेछ।

सेन्सर पास भएसँगै  फिल्मकाे टिकट बुकिङ खोल्ने तयारी भइरहेकाे निर्माण टिमले जनाएकाे  छ।

फिल्ममा एक दम्पतीको सन्तान प्राप्तिपछि जीवनमा आइपर्ने उतारचढावको कथा समेटेको टिमको दाबी छ। निर्देशक गहतराजसहित फिल्ममा पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अंकित खड्का, जुनिम गहतराज, अनोज पाण्डे, कमल कार्की, गोपाल कटुवाललगायत कलाकारको अभिनय छ। फिल्मको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन्।

धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम निर्माता रहेकाे फिल्ममा हरि घले लामाकाे छायांकन, सम्राट बस्नेतको एक्सन निर्देशन र सुशान्त गौतमको संगीत छ।

प्रकाशित: ८ फागुन २०८१ १६:१७ | Thursday, February 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast