अत्यधिक ‘क्रूर सिन’ रहेकाे भन्दै सेन्सरले रोक्यो ‘ताण्डवम्’ काे प्रदर्शन

हिमाल प्रेस ७ फागुन २०८१ ११:३५
14
SHARES
अत्यधिक ‘क्रूर सिन’ रहेकाे भन्दै सेन्सरले रोक्यो ‘ताण्डवम्’ काे प्रदर्शन

काठमाडौँ- फागुन ९ देखि प्रदर्शन हुने भनिएको फिल्म ‘ताण्डवम्’ सेन्सर रोकिएको छ। फिल्ममा अत्याधिक ‘क्रूर सिन’ भएको भन्दै जाँचपास समिति (सेन्सर बोर्ड) ले प्रदर्शन रोकेको निर्माण टिमले जनाएको छ।

सेन्सरका पासका लागि मंगलबार निर्माण टिम पुगेको थियो। हिंसात्मक दृश्य बढि भएकाे जनाउँदै सेन्सर बोर्डले फिल्म  पास गर्न नमानेको हो। बाेर्डले ती दृश्य हटाउन आग्रह गरेको फिल्मका निर्देशक जुनिम गहतराजले बताए।

कलरिष्ट गहतराजको निर्देशनमा बनेको फिल्ममा एक दम्पतीको सन्तान प्राप्तिपछि जीवनमा आइपर्ने उतारचढावकाे कथा समेटेकाे टिमकाे दाबी छ।  फिल्म पारिवारिक तथा एक्सन थ्रिलर जनरामा बनेको छ।

फिल्ममा पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अनोज पाण्डे, कमल कार्की, गोपाल कटुवाललगायत कलाकारको अभिनय छ।फिल्मको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन्।

 

 

प्रकाशित: ७ फागुन २०८१ ११:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast