![एआईमा अगाडि छन् यी १० देश](https://himalpress.com/wp-content/uploads/2025/02/AIPHOTO.jpg)
आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) अर्थात् कृत्रिम बौद्धिकता सूचना प्रविधि क्षेत्रमा विकसित नयाँ प्रविधि हो। यसले कम्प्युटर र मेसिनलाई मान्छेले जस्तै बौद्धिक कार्य सम्पन्न गर्न सक्षम बनाउँछ। एआईले सोच्न, सिक्न, समस्या समाधान गर्न, निर्णय लिनलगायतका कार्य गर्न मेसिनहरूलाई प्रशिक्षित गराउँछन्। एआईलाई क्षमता, कार्यक्षमता र प्रविधिका आधारमा विभिन्न प्रकारमा वर्गीकरण गर्न गरिएको छ।
पछिल्लो समय एआईको विकासले अनगिन्ती नयाँ अवसर ल्याएका छन्। साथै मानिसलाई चुनौती पनि थपेको छ। एआईलले संसारको अर्थव्यवस्था, रोजगार बजार र सामाजिक गतिविधिमा परिवर्तन ल्याइरहेको छ।
एआईको विकाससँगै यसको प्रयोगमा कुन मुलुक अगाडि छन् भन्ने विषयमा पनि मानिसहरूको चासो बढ्दो छ। यसै सन्दर्भमा हालै अमेरिकाको स्टानफोर्ड विश्वविद्यालले ‘ग्लोबल एआई भाइब्रेन्सी र्यांकिङ २०२३’ सार्वजनिक गरेको छ। विश्वविद्यालयले उक्त र्यांकिङमा प्रमुख १० वटा देश सूचीबद्ध छन्।
संयुक्त राज्य अमेरिका : संयुक्त राज्य अमेरिका एआई क्षेत्रमा विश्वको अग्रणी देश हो। अनुसन्धान, निजी क्षेत्रमा लगानी र एआईका नयाँनयाँ ढाँचाहरूमा उत्कृष्टता हासिल गर्दै आएको छ। गुगल, ओपनएआई, माइक्रोसफ्ट, एनभिडियाजस्ता कम्पनीहरूले एआई उपलब्धिहरूलाई अगाडि बढाइरहेका छन्।
चीन : चीन एआई क्षेत्रमा प्रमुख प्रतिस्पर्धी राष्ट्र हो। चीनले एआईसम्बन्धी पेटेन्ट, लगानी र स्मार्ट प्रविधिहरूमा अग्रता लिएको छ। बैडु, अलिबाबा, टेन्सेन्टजस्ता कम्पनीहरूले ईकमर्स, निगरानी प्रणाली र स्वचालनमा एआईलाई अगाडि बढाइरहेका छन्।
बेलायत : बेलायत एआई अनुसन्धानका कारण तेस्रो स्थानमा छ। बेलायतलाई डिप माइन्ड र धेरै एआई स्टार्टअपहरूको केन्द्रका रूपमा लिइन्छ। स्वास्थ्य सेवा वित्त र सुशासनका लागि बेलायत एआई प्रविधिमा केन्द्रित छ।
भारत : भारतलाई उदाउँदो एआई शक्ति मानिएकोछ । भारतसँग ठूलो संख्यामा एआई इन्जिनियर छन्। टीसीएस, इन्फोसिस, रिलायन्सजस्ता कम्पनीहरूको लगानीले एआई प्रवर्द्धन गरिरहेको छ।
संयुक्त अरब इमिरेट्स : संयुक्त अरब इमिरेट्स (यूएई) ले स्मार्ट सहरको विकास र डिजिटल शासनलाई प्रवर्द्धन गर्न एआईमा ठूलो लगानी गरिरहेको छ। त्यहाँ २०३१ सम्मलाई लक्षित गरेर एआई रणनीति तय गरिएको छ। यसबाट एआई प्रवर्धित सेवाहरूमा अग्रणी बन्ने लक्ष्य यूएईको छ।
फ्रान्स : फ्रान्स एआई अनुसन्धानमा केन्द्रित छ। सरकारका नीतिहरू र वित्तीय सहयोगले स्वास्थ्य सेवा, रोबोटिक्स र वित्त क्षेत्रमा एआई प्रवर्द्धित नवप्रवर्तनलाई समर्थन गरिरहेका छन्।
दक्षिण कोरिया : दक्षिण कोरिया एआई प्रवर्द्धित रोबोटिक्स, स्वचालन,र उपभोक्ता इलेक्ट्रोनिक्समा अग्रणी छ। सामसङ, एलजीजस्ता कम्पनीहरूले एआई प्रयोग गरिरहेका छन्।
जर्मनी : जर्मनीले एआई प्रवर्द्धित निर्माण, अटोमोटिभ र औद्योगिक स्वचालनमा उत्कृष्टता हासिल गरिरहेको छ। सिमेन्स, बोस, भोक्सवागनजस्ता कम्पनीले उत्पादन र इन्जिनियरिङमा एआई एकीकरण गरिरहेका छन्।
जापान : जापान रोबोटिक्स, वृद्ध हेरचाहका लागि एआई र स्वचालनमा अग्रणी छ। सोनी, टोयोटा र सफ्टबैंकजस्ता कम्पनीहरू एआई प्रवर्द्धित यातायात, रोबोटिक्स र स्मार्ट प्रविधिमा केन्द्रित छन्।
सिंगापुर : सिंगापुर एक प्रमुख एआई केन्द्र हो, जहाँ राष्ट्रिय एआई रणनीति कार्यान्वयनमा छ। सिंगापुरले स्वास्थ्य सेवा, वित्त र स्मार्ट सहरका लागि एआईमा लगानी गरिरहेको छ।