स्कुलस्कुलमा आजबाट लगाइँदैछ एचपीभी खोप

हिमाल प्रेस २२ माघ २०८१ ६:४६
4
SHARES
स्कुलस्कुलमा आजबाट लगाइँदैछ एचपीभी खोप स्वास्थ्य मन्त्रालय

काठमाडौँ- पाठेघरको मुखमा लाग्ने क्यान्सरको निवारणका लागि आजदेखि सरकारले देशभर एचपीभी खोप लगाउँदैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको यो अभियान फागुन ६ गतेसम्म जारी रहनेछ।

अभियानमा विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ किशोरीलाई खोप दिइनेछ । स्वास्थ्य सेवा विभाग अन्तर्गतका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा। अभियान गौतमका अनुसार १८ हजार विद्यालय र ८ हजार स्वास्थ्य संस्थामा खोप केन्द्रको रूपमा तोकिएको छ।

यसका लागि २७ हजार स्वास्थ्यकर्मी र ५४ हजार स्वयंसेवक परिचालन गरिएको छ । सरकारले १ अर्ब ३० करोड रुपैयाँ लगानी गरी १७ लाख ७० हजार २० डोज खोप लगाउँदैछ।

प्रकाशित: २२ माघ २०८१ ६:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast