काठमाडौँ- लालिगाको शीर्षमा रहेको रियल मड्रिडलाई धक्का लागेको छ। रेलिगेशन टिम एस्पान्योलसँग १-० को हारसँगै शीर्ष दुईमा रहेको एथ्लेटिको मड्रिडसँग दूरी छोटिएको छ।
यता मड्रिडले मल्लोर्कालाई २-० ले हराएपछि रियलको अग्रता एक अंकमा झरेको छ। लालिगामा शीर्षमा रहेको रियलको २२ खेलबाट ४९ र समान खेलबाट एथ्लेटिकोको ४८ अंक छ।
एस्पान्योलका कार्लोस रोमेरोले खेलको अन्तिम समयमा गोल गरेर टिमलाई जिताएका थिए। खेलको अन्तिम पाँच मिनेट बाँकी हुँदा ओमार एल हिलालीको क्रसलाई रोमेरोले भली प्रहार गर्दै गोल गरे।
प्रकाशित: २० माघ २०८१ ७:४१
प्रतिक्रिया