नेपाली महिला टिमले खेल्दैछ ३ देशीय शृंखला

हिमाल प्रेस १७ माघ २०८१ ७:४५
14
SHARES
नेपाली महिला टिमले खेल्दैछ ३ देशीय शृंखला

काठमाडौँ- नेपालले घरेलु मैदानमा आजदेखि नेदरल्यान्डस र थाइल्यान्डको त्रिकोणात्मक टी २० शृंखला सुरु हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान) ले टी २० शृंखलाको ट्रफी बुधबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छ।

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा, नेदरल्यान्डसकी कप्तान बाबेट डे लिडे र थाइल्यान्डकी कप्तान नारुमोल चाइवाईले संयुक्त रूपमा ट्रफी सार्वजनिक गरेका हुन्।

पत्रकार सम्मेलनमा कप्तान बर्माले यो शृंखला आफूहरूका लागि महत्वपूर्ण रहेको बताउँदै ट्रफी जित्ने विश्वास व्यक्त गरेकी छन्। उनले नेपालको टोली सन्तुलित रहेको बताउँदै आफूहरूले राम्रो प्रदर्शन गर्ने उनको भनाइ छ।

यस्तै, नेदरल्यान्डसकी कप्तान बाबेट डे लिडे र थाइल्यान्डकी कप्तान नारुमोल चाइवाईले पनि शृंखलाको उपाधि आफ्नो टिमले हात पार्ने दाबी गरेका छन्। शृंखलाका लागि क्यानले इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेको छ।

नेपाली टोलीमा कप्तान बर्मासहित रुविना क्षेत्री, सीता राना मगर, पूजा महतो, विन्दु रावल, रेवती धामी, कविता कुँवर, सम्झना खड्का, ममता चौधरी, राजमती ऐरी, कविता जोशी, एलिसाकुमारी यादव, रोमा थापा, मनिषा उपाध्याय र ईश्वरी विष्ट रहेकी छन्।

बिहीबारदेखि सुरु भई माघ २५ गतेसम्म सञ्चालन हुने शृंखलाका खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन्। पहिलो खेलमा आज नेपाल र नेदरल्याण्डले प्रतिस्पर्धा गर्दैछन्।

प्रकाशित: १७ माघ २०८१ ७:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast