हेर्नुहोस् तरकारीको मूल्य

हिमाल प्रेस १६ माघ २०८१ ८:२१
4
SHARES
हेर्नुहोस् तरकारीको मूल्य काठमाडौँको कालीमाटीस्थित तरकारी बजार। तस्बिर : हिमाल प्रेस

काठमाडौँ- फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (बुधबार) कालिमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ।

कालिमाटीमा आज धेरैजसो तरकारी हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको छ। तर, आज आलुको मूल्य भने घटेको छ। आलुको मूल्य घट्दा गोलभेँडा भने महँगिएको छ।

आलु, काउली, गोलभेँडा, बन्दा, मुला, गाँजर, फर्सी, भेन्टा, सागसहितका तरकारीको थोक मूल्य आज पनि कालीमाटीमा निकै कम छ। करेला, भिन्डीसहितका तरकारीको मूल्य भने घटेको छैन।

कालिमाटीमा आज सानो भारतीय गोलभेँडा २७, रातो आलु ३७, भारतीय रातो आलु ३४, तराईको गाँजर २५, लोकल बन्दा १५, तराईको बन्दा १२, स्थानीय काउली १०, ज्यापु काउली १७, रातो मुला २२ रुपैयाँ प्रतिकिलो छ,।

त्यसैगरी सेतो मुला १७, लाम्चो भन्टा २५, डल्ले भन्टा ३५, करेला १०५, लौका ५५, फर्सी १५, रायोको साग १२, कन्य च्याउ ७०, डल्ले च्याउ ३२६, ब्रोकाउली २५ रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।

प्रकाशित: १६ माघ २०८१ ८:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast