कोन्ज्योसोममा पनि माघ २२ देखि २५ सम्म एचपीभी खोप लगाइने

हिमाल प्रेस १३ माघ २०८१ ११:२४
12
SHARES
कोन्ज्योसोममा पनि माघ २२ देखि २५ सम्म एचपीभी खोप लगाइने

ललितपुर- पाठेघरको मुखको क्यान्सर निवारणका लागि ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा यही माघ २२ देखि २५ गतेसम्म एचपीभी खोप लगाइँदैछ। विश्वमै भयावह बनेको क्यान्सरको निवारणका लागि संघीय सरकारको सशर्त अनुदानबाट स्थानीय तहमा यो कार्यक्रम देशभर चल्दैछ।

गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक जयराम सञ्जेलले विद्यालय जाने ६ देखि १० कक्षासम्मका छात्रा तथा विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका लक्षित किशोरीलाई उक्त खोप प्रदान गरिने जनकारी दिएका छन्। यही सोही कार्यक्रमको अभिमुखीकरण कार्यक्रम चल्दैछ।

खोप कार्यक्रम सञ्चालनका लागि सञ्जेलकै संयोजकत्वमा गाउँपालिकाका सबै स्वास्थ्य संस्थाका प्रमुख सदस्य रहेको एइएफआई व्यवस्थापन समिति समेत गठन भएको छ।

सञ्जेलका अनुसार गाउँपालिकाभित्रका ११ विद्यालयमा उक्त कार्यक्रम लागु गरिनेछ। गाउँपालिकाभित्र खोप कार्यक्रमबाट लाभान्वित हुने छात्रा तथा किशोरीको संख्या ४ सय ११ रहेको छ। विद्यालयमा छुटेका किशोरीलाई सबै वडाका स्वास्थ्य संस्थाबाट खोप उपलब्ध गराइनेछ।

अभिमुखीकरण कार्यक्रममा पाठेघरको मुखको क्यान्सरको अवस्थाबारे जानकारी गराउँदै विश्व स्वास्थ्य संगठनकी डब्लूएचआईपिडी सहजकर्ता दिपाली थापाले विश्वमा हरेक वर्ष ५ लाख ७० हजार महिलाहरुलाई पाठेघरको मुखको क्यान्सर हुने गरेको र अहिलेकै अनुपातमा यो संख्या बढ्दै गए सन् २०३० सम्ममा यो संख्या ७ लाख पुग्ने बताइन्।

जसमध्ये प्रत्येक वर्ष ३ लाख ११ हजार महिलाको मृत्यु हुने गरेको र यही अनुपातमा बढे २०३० सम्म यो सङ्ख्या ४ लाख पुग्ने उनले बताईन। थापाका अनुसार ह्युमन प्यापिलोमा भाईरसबाट सर्ने पाठेघरको मुखको क्यान्सर चौथो मुख्य क्यान्सरको रुपमा रहेको छ । विशेषगरी न्यून तथा मध्यम आय भएका वर्गमा यो रोगको प्रकोप बढी रहेको सर्वेक्षण छ ।

नेपालमा भने प्रतिवर्ष २ हजार १ सय ६९ महिलामा यो क्यान्सर लाग्ने गरेको र जसमध्ये १ हजार ३ सय १३ जनाको क्यान्सरको कारण मृत्यु भएको थापाले बताइन्। उनका अनुसार नेपालमा हुने सबै क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो धेरै प्रकोप बनाएको क्यान्सर हो।

अभिमुखीकरण कार्यक्रममा गाउँपालिका प्रमुख कृष्णमान लामाले क्यान्सरजस्ता भयवाह बनाउने रोगको निवारण गर्न गाउँपालिकाले नीति तथा कार्यक्रम ल्याउने बताए।

प्रकाशित: १३ माघ २०८१ ११:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast