सहरमा आज : मण्डलामा ‘मुक्कुमलुङ, हलमा ‘फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘कार्साङ्’

हिमाल प्रेस ५ माघ २०८१ ७:४९
10
SHARES
सहरमा आज : मण्डलामा ‘मुक्कुमलुङ, हलमा ‘फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘कार्साङ्’

काठमाडौँ- माघको पहिलो शनिबार। केही समय यता हामीले साताको शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरुको विवरण संकलन गर्दै आइरहेका छौँ। फुर्सदमा हुनुहुन्छ भने तपाईंहरुको लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ। सधैँझैँ यो साता विभिन्न कथावस्तुमा आधारित नाटक र हलमा फिल्म चलिरहेको छ।
कस्तो फिल्म र नाटक चलिरहेको छ त हेरौं?

मण्डलामा ‘मुक्कुमलुङ’

थापागाउँस्थित मण्डला थिएटरमा माघ ४ (आज) देखि नाटक ‘‘मुक्कुमलुङ’ मञ्चन भइरहेको छ। नाटक गीलु रातोस, अनिल सुब्बा र बिष्णु मोक्तानको संयुक्त लेखनमा बनेको छ। नाटकका परिकल्पनाकार र निर्देशक अनिल सुब्बा हुन्।

नाटकमा बिष्णु मोक्तान, वेदना राई, सुरज तमू, प्रतिना राई, मानहाङ लावती, शोभा लिम्बू सौजन सेनेहाङ, मणि के राई, भूमिका थारू, पवनकुमार गोले, अजय लामा, डेविड सुवेदी, सञ्जित थुलुङ राई, सम्पदा राई, रमिता राई, प्रवीन मगर, अन्जना राई, नुमा राई, अमरबाबु बुढाथोकी, आकाश सुहाङ लिम्बू र इशा सिंजालीको अभिनय छ।

माघ २७ सम्म चल्ने नाटक याक्थुङ समुदायको प्राचीन सभ्यता र परम्पराको धरोहर चोत्लुङ (पवित्र गुफा)सँग सम्बन्धित छ। सोमबार बाहेक साताको प्रत्येक दिन बेलुका सवा पाँच बजे र शनिबार दिउँसो १ बजेको अतिरिक्त सो पनि हुनेछ।

कौसीमा ‘महासत्व’

टेकुस्थित कौसी थिएटरमा पुस २५ देखि नाटक ‘महासत्व’ मञ्चन भइरहेको छ। नाटकको आज अन्तिम दुई सो हुँदैछ। दिउँसो
१ बजे र बेलुका ५:१५ बजे। नाटकका लेखक तथा निर्देशक चन्द्रमान मुनिकार हुन्। नाटक पौराणिक कथामा आधारित महासत्वले प्राप्त गरेको बुद्धत्वसँग सम्बन्धित छ। महासत्वले सत्वप्राणीको उद्दार गर्न आफ्नो प्राणत्याग गरेको घटनाक्रमलाई नाटकमा प्रस्तुत गरिएको छ।

नाटकको नाट्य रुपान्तरण इँगीहोपो कोँइच सुनुवारले गरेका छन्।नाटकमा कलाकार सुदनमान मुनिकार, संगीता थापा, युवाहाङ राई, स्मिृति श्रेष्ठ, विशाल पुलामी, खुसी सुनुवार, सचिन लामा, सुमित्रा पेहिम, किरण चापागाईं, पुनम लक्ष्मी मगर र प्रेमचन्द पाण्डेको अभिनय छ।

थिएटर भिलेजमा ‘द स्ट्रङ्गर’

ललितपुरको थसिखेलस्थित थिएटर भिलेजमा नाटक ‘द स्ट्रिङ्गर’ म१चन भइरहेको छ। पुस २५ देखि सुरु भएको नाटक माघ १२ सम्म मञ्चन हुनेछ।

नाटकका निर्देशक जेनी सुनुवार हुन्। निर्देशक सुनुवारकै परिकल्पनामा तयार भएको नाटका लेखक अगस्ट स्ट्राइन्डबर्ग हुन्। दुई पात्रमार्फत आत्मा र शरीरको कथा भन्ने नाटकले महिलाको विषयलाई उठाएको छ।
थिएटरकै प्रस्तुति रहेको नाटकमा निर्देशक सुनुवारसहित सरगम राई, सन्जीव राई र बालाहाङ राईको अभिनय छ। नाटक साताको प्रत्येक दिन साँझ ५ बजे मञ्चन हुनेछ।

हलमा कुन कुन फिल्म?

फिरफिरे फिरिरी

माघ ३ देखि हलमा ‘फिरफिरे फिरिरी’ प्रदर्शन भइरहेको छ। हरर र कमेडी जनरामा बनेको फिल्मका निर्देशक नवीन भट्टले निर्देशन गरेका हुन्। यो उनको डेब्यु निर्देशित फिल्म हो।

निर्देशक भट्टसहित सन्दिप श्रेष्ठको कथा लेखेका छन्। फिल्ममा मनोज कुमार अधिकारी, सन्दिप श्रेष्ठ, भावना उप्रेती, शंकर सेढाई, पिटर प्रिन्स, रबिना केसी, पुष्प अवस्थी, सूर्यमान लिम्बूलगायत कलाकारको अभिनय छ।
उपत्यकामा शनिबार क्यूएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर, लबिम मल, सिटी स्क्वायर मलमा फिल्मको ५ सो छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्यूब सिनेमाज, बिग मुभिज, सिडिसी सिनेमाज, बिएसआर मुभिज, बिग मुभिजलगायत हलमा फिल्म चलिरहेको छ।

एक्टर
फिल्म ‘एक्टर’ माघ ३ देखि हल चलिरहेको छ। फिल्म प्रेम कथामा आधारित छ। मदन घिमिरेको निर्देशनमा बनेको फिल्ममा प्रिन्स थापा, कशिस दाहाल, सरोज खनाल, शिवु शाह, मनिषा पाण्डे, निशा केसी भण्डारी, महेन्द्र मैनालीलगायत कलाकारको अभिनय छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिग मुभिज, सिडिसी सिनेमाज, बिएसआर मुभिजमा फिल्म प्रदर्शन भइरहेको छ।

आजाद
हिन्दी फिल्म ‘अजाद’ माघ ३ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक अभिशेष कपुर हुन्। एक्सन एड्भेञ्चर र ड्रामा जनरामा बनेको फिल्ममा अजय देवगन, आमान देवगन राशा थाडानीलगायत कलाकारको अभिनय छ। उपत्यकामा शनिबार क्यूएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल, दरबार सिनेम्याक्स, भाटभटेनी भक्तपुर, सिभिल मल, छाया सेन्टर, लबिम मल र सिटी स्क्वायर मलमा फिल्मको १२ सो छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिएसआर मुभिज, एफक्यूब सिनेमाज, बिग मुभिज, सिके सिनेमाजलगायतका हलमा फिल्म चलिरहेको छ।

कार्साङ्
यम शेर्पाको लेखन तथा निर्देशनमा फिल्म ‘कार्साङ्’ हलमा प्रदर्शन भैरहेको छ। पुस २६ देखि प्रदर्शन भएको फिल्म सिन्धुपाल्चोक जिल्लाको यार्शा गाउँमा बस्ने शेर्पा समुदायको संस्कारको कथामा आधारित छ। फिल्ममा दयाहाङ राई, सिर्जना निङ्लेखु, जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, सुरवीर पण्डितलगायत कलाकारको अभिनय छ।

उपत्यकामा शनिबार क्यूएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल, भाटभटेनी भक्तपुर, सिभिल मल, छाया सेन्टर, लबिम मल र सिटी स्क्वायर मलमा फिल्मको १५ सो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, त्यस्तै बिग मुभिज, एफक्यूब सिनेमाज, सिडिसी सिनेमाज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज ‘कार्साङ्’ चलिरहेको अन्य हल हुन्।

गेम चेञ्जर
बलिउड फिल्म ‘गेम चेञ्जर’ पुस २६ देखि नेपालमा पनि प्रदर्शन भइरहेको छ। एक्सनप्रधान जनरामा बनेको फिल्ममा राभ चरण, कियारा आडवाणी, अञ्जली, समुचिरानी, ब्रम्हानन्दम्लगायत कलाकारको अभिनय छ। राजनैतिक विषयवस्तुमा आधारित फिल्मका निर्देशक एस शंकर हुन्।

उपत्यकामा शनिबार क्यूएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल, सिभिल मल, बिम मल, सिटी स्क्वायर मल, दरबार सिनेम्याक्स, भाटभटेनी भक्तपुर, छाया सेन्टरमा फिल्मको ११ सो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्यूब सिनेमाज, बिग मुभिज, बिएसआर मुभिज, सिडिसी सिनेमाजमा फिल्म प्रदर्शन भइरहेको छ।

मुफासाः द लायन किङ

हलिउड फिल्म ‘मुफासाः द लायन किङ’ पुस ५ देखि नै नेपालमा प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक बेरी जेनकिन्स हुन्। एडभेञ्चर र ड्रामा जनरामा बनेको फिल्ममा आरोन पियारे, केल्विन ह्यारिसन जूनियर, सेथ रोजेन मुख्य भूमिकामा छन्।

उपत्यकामा शनिबार क्यूएफएक्स सिनेमाज अन्तर्गत राइजिङ मल, सिटी स्क्वायर मल, दरबार सिनेम्याक्स, दरबार सिनेम्याक्स, सिभिल मल, छाया सेन्टर र लबिम मलमा फिल्मको ९ सो छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, सिके सिनेमाजमा फिल्म प्रदर्शन भइरहेको छ।

पुष्पा २: द रुल
मंसिर २१ देखि नेपालमा दक्षिण भारतीय फिल्म ‘पुष्पा २ः द रुल’ उच्च सोसहित तेस्रो सातामा प्रदर्शन भइरहेको छ। फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्दना, फहाद फासिल, रमेश रावलगायत कलाकारको अभिनय छ। एक्सन, क्राइन, ड्रामा जनरामा बनेको फिल्मका लेखक तथा निर्देशक सुकुमार बान्द्रेडी हुन्।

शनिबार उपत्यकाको वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्यूब सिनेमाज, बिग मुभिज, सिके सिनेमाजमा फिल्म चलिरहेको छ।

पूर्ण बहादुरको सारङ्गी
गत कात्तिक १५ देखि हलमा सर्वाधिक कमाउने फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शन भइरहेको छ। फिल्मले हलमा ५१ दिन मनाइसकेको छ। फिल्मले करिब ५० करोड ग्रस कलेक्सन गरिसकेको टिमको दाबी छ। गन्धर्व समुदायको कथाम आधारित फिल्मका लेखक तथा निर्देशक सरोज पौडेल हुन्। फिल्ममा विजय बराल, अञ्जना बराइली, प्रकाश सपूत, मुकुन भुसाललगायत कलाकारको अभिनय छ। शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, सिटी स्क्वायर मल, एफक्यूब सिनेमाजमा फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शन भइरहेको छ।

प्रकाशित: ५ माघ २०८१ ७:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast